अपडेट
रवि लामिछाने चितवन हुँदै भैरहवा जाने
शुक्रबार, ०४ पुस २०८२, १३ : ३६
सारांश
- रास्वपा सभापति रवि लामिछाने भैरहवाको उडान रद्द भएपछि भरतपुर हुँदै त्यसतर्फ जाने भएका छन्।
- भैरहवाको मौसम खराब भएका कारण लामिछाने काठमाडौँमै रोकिएका थिए।
- उच्च अदालत बुटवलले थुनाबाहिर बसेर मुद्दा लड्न अनुमति दिएपछि उनी भैरहवा जान लागेका हुन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौँबाट भैरहवाको जहाज नउडेपछि भरतपुर हुँदै त्यसतर्फ जाने भएका छन् । रास्वपाका नेता गणेश पराजुलीले लामिछाने भरतपुर हुँदै भैरहवा जान लागेको बताए ।
लामिछाने भैरहवा जान शुक्रबार बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । तर दिउँसो १ बजेसम्म पनि भैरहवाको मौसम खराब हुँदा लामिछाने काठमाडौँमै रोकिएका थिए ।
बिहीबार उच्च अदालत बुटवल तुलसीपुरले थुनाबाहिर बसेरै मुद्दा लड्न पाउने आदेश गरेसँगै लामिछाने अदालत उपस्थित हुन भैरहवा जान लागेका हुन् ।
लामिछानेलाई उच्च अदालत बुटवलका न्यायाधीशहरू वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले थुनाबाहिर बसेर मुद्दा लड्न अनुमति दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वनकर्मीमाथि भएको आक्रमणका दोषीलाई कडा कारबाहीको माग गर्दै ज्ञापनपत्र
-
गरिबी र अशिक्षाबिच निर्वाचनमा प्रविधि कसरी सम्भव छ ?
-
संसद् बैठक दसैँसम्मै सञ्चालन गर्नेबारे छलफल
-
१८ वर्षपछि पलेँटीको मञ्चमा मदनकृष्ण श्रेष्ठ, साथमा छोरा यमन
-
अमेरिकी आक्रमणमा इरानका १२ पुल र दुई सुरुङ क्षतिग्रस्त
-
पुनम अग्रवालको प्रश्न : निर्वाचन खर्च घटाउन र विदेशमा रहेका नेपालीलाई छिटो मतदानको अधिकार दिने योजना के छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण