शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

आजदेखि नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी

शुक्रबार, ०४ पुस २०८२, १४ : ३०
शुक्रबार, ०४ पुस २०८२

काठमाडौँ । आजदेखि ‘नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी, २०२५’ सुरु भएको छ । भृकुटी मण्डपको प्रदर्शनी हलमा काठ, प्लाइउड, ल्यामिनेट तथा काठ प्रशोधन मेसिनरी क्षेत्रसँग सम्बन्धित ११औँ अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु  भएको हो ।

प्रदर्शनीमा नेपालसहित भारत, चीन, मलेसिया, जर्मनी, ताइवानलगायत देशको सहभागिता रहने आयोजकले जनाएको छ । ‘फ्युचरेक्स टेड फेयर एण्ड इभेन्टस् प्रालि’ र ‘मिडिया स्पेस सोलुसन प्रालि’द्वारा आयोजित उक्त प्रदर्शनी तीन दिनसम्म सञ्चालन हुनेछ । विभिन्न १० देशका दुई सय ५० बढी कक्ष रहेका छन् । करिब १५ हजारभन्दा बढी व्यावसायिक दर्शक सहभागी हुने आयोजकको अनुमान छ ।

नवप्रवर्तन, दिगोपन र आधुनिकीकरणमा केन्द्रित यस प्रदर्शनीले काठ तथा फर्निचर उद्योगसँग सम्बन्धित नवीन प्रविधि, उपकरण र सामग्रीको प्रदर्शन गर्दै व्यावसायिक सहकार्य एवं लगानीका अवसर विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ ।

प्रदर्शनीले उत्पादक, आयातकर्ता, व्यापारी, वितरक, रूपान्तरणकर्ता तथा उपभोक्ताबीच अन्तरक्रिया सहज बनाउँदै नयाँ उत्पादन र अत्याधुनिक प्रविधिको सार्वजनिकरणलाई प्राथमिकतामा राखेको आयोजकले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप