१४ दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह
काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ ।
उदयपुरको बेलका नगरपालिका वडा नम्बर ३ घर भई हाल ललितपुरको ढोलाहिटी बस्दै आएका राई हराएको १४ दिनसम्म पनि सम्पर्कमा नआएपछि परिवारले खोजीका लागि आग्रह गरेको हो ।
उनका दाई सलिनले खोजीका लागि मंसिर २३ गते नै जिल्ला प्रहरी परिसर ललितपुरमा आग्रह गरिएकामा हालसम्म पत्ता नलागेपछि कसैले देखेमा नजिकको प्रहरीलाई खबर गरिदिन वा आफूलाई सम्पर्कका लागि आग्रह गरेका छन् ।
“मेरो भाई पहिलो पटक यसरी सम्पर्कविहीन भएको हो । ऊ बा प्र ०२ ०५५ प ४७५९ नं को स्कूटरसहित कसैलाई नभनी आफूखुसी हिँडेकामा हालसम्म भेटाउन सकेका छैनौँ”, राईले भने,“हामीले आफ्नो स्रोतबाट सबै ठाउँ खोजी गरिरहेका छौँ, कसैले देख्नु वा भेट्नुभएमा नजिकको प्रहरी वा मेरो मोबाइल नम्बर ९७६२४२९८९९ मा सम्पर्क गरिदिन सबैलाई आग्रह छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण