रुसी जेलमा थुनिएका फ्रान्सेली अनुसन्धानकर्ताको मुद्दाबारे ‘अध्ययन गर्ने’ पुटिनको घोषणा
काठमाडाैँ । राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको मुद्दालाई ‘हेर्ने’ बताएका छन् । उनलाई ‘विदेशी एजेन्ट’ को रूपमा रूसमा काम गर्न नाम दर्ता नगरेको र नयाँ जासुसीको आरोपमा २० वर्षको जेल सजायका लागि अभियोग दर्ता गराइएको छ ।
स्विस द्वन्द्व मध्यस्थता एनजीओका लागि काम गर्ने र सन् २०२४ जुनमा जेल परेका भिनाटियरले तीन वर्षको सजाय भोगिरहेका छन् भने उनीमाथि जासुसीको नयाँ आरोप पनि लगाइएको छ ।
“मलाई यस मुद्दाको बारेमा केही थाहा छैन। यो मैले पहिलो पटक सुनेको छु,” पुटिनले भिनाटियरको मुद्दाको बारेमा भने । यसलाई फ्रान्सेली र अन्तर्राष्ट्रिय मिडियाले व्यापक महत्त्व दिएर प्रकाशन तथा सम्प्रेषण गरेका छन् ।
“म तपाईँहरूसँग प्रतिज्ञा गर्दछु, म निश्चित रूपमा यो के हो भनेर खोजी गर्नेछ । यदि रुसी कानुनले अनुमति दिन्छ भने हामी हरसम्भव उहाँको रिहाईका लागि प्रयास गर्नेछौँ,” पुटिनले भने ।
सन् २०२२ को फेब्रुअरीमा पुटिनले युक्रेनमा चौतर्फी आक्रमण गरेपछि पक्राउ परेका धेरै पश्चिमीमध्ये भिनाटियर पनि एक हुन्।
रूसमा कैयौँ अमेरिकी नागरिकलाई पक्राउ गरिए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्ववर्ती जो बाइडेनको मध्यस्थतामा उनीहरूमध्ये धेरैलाई रिहा गरिएको छ ।
भिनाटियरको परिवारले उनीमाथि लागेको आरोपलाई अस्वीकार गरेकाे छ । उनी रुसको युद्धका कारण मस्को र पेरिसबिच छाएको तनावको शिकार भएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण