मणिपाल प्रिमियर लिग : तीन पटकको विजेता एड्रेनालिनलाई हराउँदै टिम सर्जरी सेमिफाइनलमा
पोखरा । नेपाल मणिपाल कलेज अफ मेडिकल साइन्सेसमा एमबीबीएस २०२३ ब्याचद्वारा आयोजित 'मणिपाल प्रिमियर लिग' (एमपीएल-एक्स) अन्तर्गत शनिबार भएको खेलमा 'टिम सर्जरी'ले तीन पटकको विजेता 'टिम एड्रेनालिन'लाई पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।
विगत तीन वर्षदेखि फुटबल मैदानमा आफ्नो एकछत्र दबदबा कायम राख्न सफल टिम एड्रेनालिनलाई टिम सर्जरीले लिग चरणबाटै बाहिर निकाल्दै प्रतियोगितामा नयाँ समीकरण तयार पारेको हो। खेलको अन्तिम समयसम्म दुवै टोलीले कडा संघर्ष गरे पनि नतिजा बराबरीतर्फ उन्मुख देखिन्थ्यो। तर, खेलको अन्तिम मिनेटमा सुबिज्ञ कार्कीले उत्कृष्ट 'भली' प्रहार गर्दै गोल गरेपछि टिम सर्जरीको जित निश्चित भएको थियो। उक्त गोलसँगै स्टेडियममा उत्साह छाएको थियो भने टिम सर्जरीले साहसिक खेल प्रदर्शन गर्दै सेमिफाइनलको यात्रा तय गर्यो।
अब प्रतियोगिताको पहिलो सेमिफाइनल आगामी बुधबार 'टिम सर्जरी' र 'टिम मेडिसिन' बीच हुनेछ। यस खेलको विजेताले आगामी शनिबार हुने फाइनल खेलमा उपाधिका लागि 'टिम ईएनटीसँग प्रतिस्पर्धा गर्नेछ।
यसैगरी, प्रतियोगितामा सर्वाधिक गोलकर्ताको दौड पनि निकै रोचक मोडमा पुगेको छ। लिग चरणको समाप्तिसम्म टिम ईएनटीका आकाश ठकुल्ला ३ गोलसहित शीर्ष स्थानमा रहेका छन्। उनलाई पछ्याउने क्रममा टिम मेडिसिनका डा. अमृत त्रिपाठी तथा टिम ईएनटीका रामचन्द्र रुचाल र उमेश पन्थाले कडा चुनौती दिइरहेका छन्।
मणिपाल प्रिमियर लिग अब निर्णायक चरणमा प्रवेश गरिसकेको छ। खेल मात्र नभई जोश र भावनाको पर्वका रूपमा लिइने यस प्रतियोगिताको आगामी खेलहरूले नयाँ इतिहास र नयाँ विजेताको टुङ्गो लगाउने आयोजकले जनाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकाली र महेन्द्र राजमार्ग स्तरोन्नतिका लागि ठेक्का आह्वान
-
गैरकानुनी आयुर्वेद औषधि उत्पादन, बिक्री वितरण र भ्रामक विज्ञापन रोक्न अपिल
-
सलमान खानको रहस्यमयी पोस्ट भाइरल
-
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण