अफगानिस्तानमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु
आइतबार, ०६ पुस २०८२, १६ : २०
काठमाडाैँ । अफगानिस्तानको उत्तरी बग्लान प्रान्तमा आइतबार बिहान यात्रुबाहक बस दुर्घटनामा पर्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्।
स्थानीय प्रहरीका अनुसार काबुललाई उत्तरी प्रान्तहरूसँग जोड्ने प्रमुख मार्ग सालाङ राजमार्गमा बस अनियन्त्रित भई दुर्घटना भएको हो। प्रान्तीय प्रहरी प्रवक्ता मौलवी शिर अहमद बुर्हानीले लापरवाहीपूर्वक सवारी चलाइएकाले दुर्घटना भएको जानकारी दिनुभएको छ।
प्रवक्ताका अनुसार मृत्यु हुनेमा ६ जना यात्रु रहेका छन् भने घाइतेमध्ये दुई महिला र दुई बालबालिका पनि छन्। घाइते सबैलाई उपचारका लागि बग्लान प्रान्तीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बम्पर चिठ्ठा’ निर्माण घोषणा
-
भूकम्पपछि उद्धार गरिएका सयौँ घरपालुवा जनावर आफ्ना परिवार खोज्दै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण