अनौपचारिक विप्रेषण तथा गैरकानुनी वित्तीय कारोबारमा संलग्न नहुन दूतावासकाे आग्रह
काठमाडौँ । कतारस्थित नेपाली राजदूतावासले अनौपचारिक विप्रेषण तथा गैरकानुनी वित्तीय कारोबारमा संलग्न नहुन कतार र इरानमा रहेका नेपाली समुदायलाई आग्रह गरेको छ ।
दूतावासले आइतबार जारी गरेको सूचनामा नेपाल सरकारको सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी नीतिगत व्यवस्था अनुसार विदेशमा रही अनौपचारिक रूपमा विप्रेषणको काम/कारोबार गर्ने वा सङ्कलित रकम नेपाल नपठाउने कार्य गैरकानूनी भएको उल्लेख गरिएको छ ।
यस्ता गतिविधिसम्बन्धी ‘गोप्य’ सूचना अर्थ मन्त्रालय वा सम्बन्धित निकायमा परराष्ट्र मन्त्रालयमार्फत विद्युतीय माध्यमबाट प्रतिवेदन गर्नुपर्ने नीतिगत व्यवस्था रहेको पनि सूचनामा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा कतार र इरानमा रहेका नेपाली नागरिकलाई कुनै पनि प्रकारका अवैध वित्तीय गतिविधिमा संलग्न नहुन अनुरोध गरिएको छ ।
यस्ता गैरकानूनी कारोबारमा संलग्न व्यक्ति वा समूहबारे जानकारी भएमा प्रमाणसहित दूतावासले तोकेका फोन नम्बर वा इमेल ठेगानामा सूचना दिन आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण