शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

रास्वपा : उम्मेदवार छनोट समिति अन्तर्गत ८ वटा उपसमिति गठन

आइतबार, ०६ पुस २०८२, १९ : २२
आइतबार, ०६ पुस २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत सञ्चालन हुने आन्तरिक उम्मेदवार छनोट प्रक्रियालाई समयमै, व्यवस्थित, पारदर्शी र आचारसंहितामैत्री ढङ्गले अघि बढाउन केन्द्रीय उम्मेदवार छनोट समिति अन्तर्गत उपसमितिहरू गठन गरेको छ ।

आतइबार उम्मेदवार छनोट समिति अन्तर्गत ८ वटा उपसमितिहरू गठन गरिएका हुन्। 

सम्बन्धित उपसमितिले आफ्नो–आफ्नो कार्यक्षेत्रभित्र पर्ने कार्यहरू निर्धारित कार्यतालिका, कार्यविधि तथा समितिको निर्देशनअनुसार सम्पन्न गरी नियमित रूपमा प्रगति विवरण/प्रतिवेदन केन्द्रीय उम्मेदवार छनोट समितिमा पेस गर्नुपर्ने छ । 

१) इभेन्ट व्यवस्थापन उपसमिति

संयोजक: उपेन्द्र पाण्डे

सदस्य: विष्णुकुमार श्रेष्ठ

सदस्य: गोमेश उप्रेती

सदस्य: राजु राज फुयाल

सदस्य: निगम राज शर्मा

२) दस्तावेजीकरण तथा तथ्याङ्क उपसमिति

संयोजक: प्रणय राणा

सदस्य: रामेश्वर गजुरेल

३) वित्तीय व्यवस्थापन, पारदर्शिता तथा अनुगमन उपसमिति

संयोजक: राजन गौतम

४) जोखिम व्यवस्थापन, उजुरी उपचार तथा आचारसंहिता अनुगमन उपसमिति

संयोजक: रामकृष्ण भट्टराई

सदस्य: योदु कुमार गिरी

सदस्य: सन्तोष पन्त

सदस्य: प्रशान्त प्रधान

५) मिडिया तथा जनसम्पर्क समिति

संयोजक: समिर थापा क्षेत्री

सदस्य: राजीव खत्री

सदस्य: सुजन देवकोटा

सदस्य: सञ्जीव महर्जन

६) दृश्य सभ्य अभिलेखन उपसमिति

संयोजक: राजन कोइराला

सदस्य: विज्ञान गौतम

७) समन्वयन तथा कानुनी परामर्श उपसमिति

संयोजक: यज्ञमणि न्यौपाने

८) समावेशिता, लैङ्गिक समानता तथा संवेदनशीलता उपसमिति

संयोजक: बिन्दबासिनी कंसाकार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप