भ्यूटावरजस्ता क्षेत्रमा अर्बौं लगानीले देश समृद्ध बन्दैन : मन्त्री घिसिङ
नवलपरासी । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले विकासको नाममा जथाभावी लगानी गरिएको बताएका छन् ।
पश्चिम नवलपरासीको परासीमा नवलपरासी उद्योग वाणिज्य सङ्घद्वारा आइतबार आयोजित छलफल कार्यक्रममा मन्त्री घिसिङले यस्ताे बताएका हुन् । उनले विकासलाई प्राथमिकताका आधारमा अगाडि नबढाई भ्यूटावरजस्ता क्षेत्रमा अर्बौं रुपैयाँको लगानीले देश समृद्ध नबन्ने बताए ।
उनले घरघरमा बत्ती पुगेजस्तै किसानको खेतखेतमा पनि कृषि विद्युतीकरण आवश्यक रहेको बताए । किसानलाई सहज हुनेगरी खेतखेतमा विद्युतीकरण गरेर लागत घटाउनुपर्ने बताए ।
यसैबिच पश्चिम नवलपरासीको विभिन्न ठाउँमा निर्माणाधीन अधुरा आयोजनाको अवलोकन गर्दै मन्त्री घिसिङले समयमै काम सम्पन्न गर्न निर्देशनसमेत दिए ।
प्रतापपुर गाउँपालिका–७ गुठ्ठीसूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्रको अवलोकन गर्दै उनले टर्वाइनलगायत उपकरण छिट्टै मर्मत गराई विद्युत् उत्पादन बढाउन निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण