चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने
चितवन । यही पुस ११ गतेदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल २०८२ हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइ समितिको संयुक्त आयोजनामा महोत्सव गर्न लागिएको हो ।
पुस १५ गतेसम्म सञ्चालन हुने महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने टेवा पुग्ने विश्वासका साथ कार्यक्रमको आयोजना गरिएको आयोजकको भनाइ छ । आयोजक समितिले आज यहाँ पत्रकार सम्मेलन गरी महोत्सवका बारेमा जानकारी दिएको छ । प्रदर्शनीमा ५० भन्दा बढी स्टल रहने चितवन उद्योग सङ्घ इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलले जानकारी दिए ।
उनका अनुसार महोत्सवमा इच्छाकामनाका १०० जना सुन्तला उत्पादन गर्ने किसानले आफ्नो उत्पादनको प्रत्यक्ष लाभ लिनेछन् । स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा संवद्र्धन हुने तथा स्थानीयस्तरमा आपसी भाइचारा र व्यावसायिक सञ्जाल निर्माण हुन गई सम्बन्ध विस्तार हुने लक्ष्य लिइएको छ ।
इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले सुन्तला उत्पादनबाट वार्षिक यस क्षेत्रका जनताले रु नौ करोडदेखि १० करोडको कारोबार गर्ने गरेको बताए । पछिल्लो समय केही बगैँचा नष्ट भएका कारण उत्पादनमा गिरावट आएको देखिएको उनले जानकरी दिए ।
सुन्तलाका बगैँचा जोगाउन र नयाँ क्षेत्र विस्तार गर्न प्रत्येक वर्ष बीउबाट उत्पादन गरिएको सुन्तलाका बिरुवा वितरण गरिँदै आइएको छ । नयाँ प्रविधियुक्त सामग्रीको वितरण, टिपाइ, गोडमेल, गोठेमल तथा सिँचाइ व्यवस्थापनमा आवश्यक सहयोग गाउँपालिकाले गर्दै आएको उनले बताए ।
गाउँपालिकामा विभिन्न प्रकारका पर्यटकलाई आकर्षित गर्न सक्ने सम्भावना बोकेको क्षेत्र भएकाले यसको प्रचारप्रसारका लागि महोत्सव आयोजना गरिएको उनले बताए । धार्मिकस्थल तथा प्राकृतिक रूपमा मनमोहक स्थान यहाँ रहेका छन् ।
त्यसले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न मद्दत पुर्याउन सक्ने उनले विश्वास व्यक्त गरे । मुग्लिन बजार क्षेत्रमा हुने महोत्सवले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘भिएआर’ले खोस्यो इरानको अग्रता: बेल्जियम र इरानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
-
इजरायलद्वारा उत्तरी सीमा क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू फुकुवा
-
घोराहीमा ९ वर्षमा १९८ किलोमिटर सडक कालोपत्रे
-
बेल्जियम र इरान भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
८ आत्मघाती गोलसँगै दोस्रो स्थानमा २०२६ विश्वकप: रुसको कीर्तिमान तोडिने सङ्घारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण