बीमा योजना खरिदमा इसेवाको विशेष अफर, स्मार्टवाच र स्मार्ट टिभी जित्ने अवसर
काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले बीमा योजना खरिद प्रक्रियालाई अझ सहज बनाउँदै विशेष अफर सार्वजनिक गरेको छ। अफर अन्तर्गत इसेवाका प्रयोगकर्ताले इसेवा एपमार्फत विभिन्न बीमा योजना खरिद गर्दा स्मार्टवाच तथा स्मार्ट टिभी जित्ने अवसर पाउने छन्।
इसेवाका अनुसार यो अफर पौष ३० गतेसम्म सञ्चालन हुनेछ। यस अवधिमा इसेवा एपमार्फत जीवन बीमा, स्वास्थ्य बीमा, गैरजीवन बीमा, व्यवसाय तथा मोटर बीमा योजना खरिद गर्ने तथा ब्लूबुक नवीकरण गर्ने प्रयोगकर्ता स्वतः पुरस्कार योजनामा सहभागी हुनेछन्। प्रयोगकर्ताले यी बीमा योजनाहरू घरमै बसेर केही क्लिकमै खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।
अफर अन्तर्गत हरेक हप्ता इसेवामार्फत बीमा योजना खरिद गर्ने एक जना भाग्यशाली प्रयोगकर्ताले स्मार्टवाच जित्ने अवसर पाउनेछन् भने अफर अवधि समाप्त भएपछि एक जना विजेतालाई स्मार्ट टिभी प्रदान गरिनेछ। विजेताको छनोट लक्की ड्रमार्फत गरिने जनाइएको छ।
डिजिटल प्रक्रिया र विश्वासिला बीमा साझेदारमार्फत बीमा योजना खरिदलाई छिटो, सुरक्षित र झन्झटमुक्त बनाइएको इसेवाले जनाएको छ। यस अफरमार्फत प्रयोगकर्तालाई डिजिटल रूपमा बीमा योजना खरिद गर्न प्रोत्साहन गर्नुका साथै उनीहरूको आर्थिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्य रहेको कम्पनीको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री श्रेष्ठ र प्रचण्डबिच भेटवार्ता
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण