विद्युत् प्राधिकरणले गर्यो २० अर्ब रुपैयाँको ऊर्जा बण्ड निष्कासन गर्ने निर्णय
सारांश
- नेपाल विद्युत प्राधिकरणले २० अर्ब रुपैयाँ बराबरको ऊर्जा बण्ड निष्कासन गर्ने निर्णय गरेको छ।
- यो निर्णय मन्त्रिपरिषदको स्वीकृति अनुसार जलविद्युत आयोजना निर्माणका लागि स्रोत व्यवस्थापन गर्न गरिएको हो।
- उक्त रकम माथिल्लो अरुण, चैनपुर सेती, तामाकोसी पाँचौँ र माथिल्लो मोदी 'ए' जलविद्युत आयोजनामा खर्च गरिनेछ।
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले २० अर्ब रुपैयाँ बराबरको ऊर्जा बण्ड निष्कासन गर्ने निर्णय गरेको छ । आइतबार ऊर्जा मन्त्रालयमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले मन्त्रिपरिषदबाट ऊर्जा बण्ड जारी गर्न पाएको स्वीकृतअनुसार सो निर्णय गरेको हो ।
असोज २३ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जलविद्युत आयोजना निर्माणका लागि स्रोत व्यवस्थापन गर्न २० अर्ब रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र निष्कासन गर्न स्वीकृति दिएको थियो । प्राधिकरण स्रोतका अनुसार ठुला आयोजनाहरूमा लगानी गर्ने गरी प्राधिकरण बोर्डले २०अर्ब रुपैयाँ बराबरको ऊर्जा बण्ड निष्कासन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्ले ऊर्जा बण्ड निष्कासनको स्वीकृतमा नै प्राधिकरणलाई उठाइने रकम पुँजीगत खर्चमा प्रयोग गर्नुपर्ने स्पष्ट सर्त तोकेको थियो । उक्त सर्तअनुसार कार्यान्वयन गर्ने गरी प्राधिकरण बोर्डले निर्णय गरेको स्रोतले जानकारी दिएको छ । स्रोतले भन्यो, ‘आइतबार बोर्ड बैठकले निर्णय गरेको छ । तर कार्यान्वयनका लागि निर्णयमा हस्ताक्षर भएर आएको छैन ।’
ऊर्जा बण्डमार्फत उठाइने २० अर्ब रुपैयाँमध्ये ८ अर्ब रुपैयाँ माथिल्लो अरुण जलविद्युत् आयोजना (१०६३ मेगावाट) मा, ५ अर्ब रुपैयाँ चैनपुर सेती जलविद्युत् आयोजना (२१० मेगावाट) मा, ५ अर्ब रुपैयाँ नै तामाकोसी पाँचौँ जलविद्युत् आयोजना (९४.८ मेगावाट) मा तथा २ अर्ब रुपैयाँ निर्माणाधीन माथिल्लो मोदी ‘ए’ (४२ मेगावाट) जलविद्युत् आयोजनामा खर्च गर्ने योजना रहेको स्रोतको दाबी छ ।
माथिल्लो अरुण जलविद्युत् आयोजना (१०६३ मेगावाट) आयोजना स्वदेशी लगानीमा बनाउने ऊर्जा मन्त्री कुलमान घिसिङले घोषणा गरिसकेका छन् । उक्त आयोजनाको लागि विश्व बैंकले विगत १५ वर्षदेखि लगानीको लागि आग्रह गर्दा पनि लगानी जुट्न सकेको छैन ।
ऊर्जा बण्डको वार्षिक ब्याजदर ५.५ प्रतिशत रहनेछ । बण्ड निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति लिनुपर्ने व्यवस्थाअनुसार कुल निष्कासन हुने रकमको ०.१२ प्रतिशत शुल्क तिर्नुपर्नेछ । प्राधिकरणले छिट्टै धितोपत्र बोर्डमा निवेदन दिएर निष्कासन प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण