भजन संस्कृति प्रवर्द्धन गर्दै ललितकला क्याम्पस
सोमबार, ०७ पुस २०८२, १७ : ३७
काठमाडौँ । ललितकला क्याम्पस, श्रीरामचन्द्र मन्दिर तथा श्रीरामचन्द्र निजी गुठीले संयुक्त रुपमा भक्ति सङ्गीत एवं भजन संस्कृतिको प्रवर्द्धन सुरु गरेका छन् ।
ललितकला क्याम्पसले श्रीरामचन्द्र मन्दिर तथा श्रीरामचन्द्र निजी गुठीसँग सहकार्य गरी साप्ताहिक एवं पाक्षिक रुपमा भजन प्रस्तुति सुरु गरेको हो । हालसम्म २८ वटा प्रस्तुति भइसकेको ललितकलाका सहायक क्याम्पस प्रमुख कृष्णकुमार खरेलले राससलाई जानकारी दिए ।
कार्यक्रममा क्याम्पसका विद्यार्थी र विज्ञले भक्ति सङ्गीत प्रस्तुत गर्दै आएका छन् । कार्यक्रममा भ्वाइलिनमा यतिराज अधिकारी र सुव्रिना बस्नेत, तबलामा अनन्त प्रजापति, निखिल विष्ट र पुजन मगर, सितारमा लभिसजङ्ग गुरुङ, बाँसुरीमा रुपेश शाक्य एवं भजन गायनमा सुदेश पाठकले प्रस्तुति दिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पताल र ट्रमा सेन्टरको गैरकानुनी नियुक्ति प्रक्रियाविरुद्ध अख्तियारमा उजुरी
-
रास्वपा टाल्ने ‘सुपर–ग्लु’ नबनोस् चितवन महाधिवेशन
-
कक्षा १२ को नतिजा छिटो ल्याउन उत्तरपुस्तिका जाँचमा हतार गरिएको होइन : शिक्षामन्त्री
-
आर्थिक रूपान्तरणका लागि कृषि नै मुख्य आधार : शिक्षामन्त्री पोखरेल
-
उदयपुरमा १७ केजी गाँजासहित एक जना पक्राउ
-
श्रमिकको स्वर्ण युग : तीन महिना काम, बाँकी समय आराम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण