बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चिसो र शीतलहरको असर : महोत्तरीका विद्यालय बन्द

सोमबार, ०७ पुस २०८२, २२ : ०५
सोमबार, ०७ पुस २०८२

जनकपुरधाम । अत्यधिक चिसो र शीतलहरका कारण महोत्तरीका भंगहा र रामगोपालपुर नगरपालिकाले नगरभित्र सञ्चालित सबै सामुदायिक तथा धार्मिक तथा संस्थागत विद्यालयमा जाडो बिदा दिएका छन् ।

भंगहा नगरपालिकाले बढ्दो चिसोले जनजीवन प्रभावित बनेपछि मंगलबारदेखि ६ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । 

नगर प्रमुख सञ्जीव कुमार साहका अनुसार पछिल्ला दिनहरूमा चिसो असामान्य रूपमा बढ्दै गएको र त्यसले विशेषगरी साना बालबालिका, वृद्ध तथा बिरामीहरूलाई बढी असर गरिरहेको अवस्थामा विद्यार्थीको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर बिदा दिने निर्णय गरिएको हो ।

जारी सूचनाअनुसार पुस ८ गतेदेखि १३ गतेसम्म नगरपालिकाभित्र सञ्चालित सामुदायिक,धार्मिक र संस्थागत विद्यालयहरूमा बिदा दिइएको हो । उक्त बिदा वर्षे बिदाबाट कटौती हुने गरी दिइएको जनाइएको छ । 

यसैबिच महोत्तरीकै रामगोपालपुर नगरपालिकाले पनि चिसोका कारण शिक्षण–सिकाइ प्रक्रियामा प्रतिकूल असर परेको भन्दै ४ दिनका लागि विद्यालय बिदा दिएको छ । 

नगरपालिकाको कार्यालयले सोमबारको निर्णयअनुसार मंगलबारदेखि शुक्रबारसम्म सबै सामुदायिक तथा धार्मिक विद्यालय बन्द रहनेछन् ।

रामगोपालपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आछेलाल दासले चिसो र शीतलहरले विद्यार्थी तथा शिक्षकहरूको स्वास्थ्यमा जोखिम बढेकाले सावधानीस्वरूप बिदा दिइएको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप