मलेसियाली अदालतद्वारा पूर्वप्रधानमन्त्री नजिब रजाकको नजरबन्दको अपिल खारेज
काठमाडाैँ । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकले आफ्नो बाँकी कैद अवधि घरमा नजरबन्दमा बिताउने प्रयास असफल भएको छ । कुआलालम्पुर हाई कोर्टले सोमवार उनको यो आवेदन खारेज गर्दै कैद काजाङ जेलमै काट्नुपर्ने फैसला सुनाएको हो ।
हाई कोर्टकी न्यायाधीश एलिस लोक यी चिङले नजिबले पेस गरेका अतिरिक्त प्रमाणहरू अवैध भएको ठहर गरे । पूर्वराजाले जारी गरेकाे भनिएको एडेण्डम आदेश संवैधानिक प्रक्रियाअनुसार नभएको र पार्डन्स बोर्डको बैठकमा छलफल नभएकोले वैध नहुने बताए ।
मलेसियाली कानूनमा घरमा नजरबन्दको प्रावधान नभएको पनि अदालतले उल्लेख गरेको छ । ७२ वर्षीय नजिबले यो फैसलाविरुद्ध अपिल गर्ने आफ्ना वकिल मुहम्मद शाफी अब्दुल्लाहले जानकारी दिए । नजिबलाई सन् २०२० मा राज्यकोष १ एमडीबीको सहायक कम्पनी एसआरसी इन्टरनेसनलबाट ४२ मिलियन रिंगिट दुरुपयोग गरेको अभियोगमा १२ वर्ष कैद र २१० मिलियन रिंगिट जरिवानाको सजाय सुनाइएको थियो ।
पछि पार्डन्स बोर्डले सजायलाई ६ वर्ष कैद र ५० मिलियन रिंगिट जरिवानामा घटाएको थियो । उनी सन् २०२२ देखि काजाङ जेलमा कैद भुक्तान गरिरहेका छन् । नजिबले गत वर्ष पार्डन्स बोर्डको निर्णयमा पूर्वराजाले घरमा नजरबन्दको अतिरिक्त आदेश जारी गरेको दाबी गर्दै न्यायिक पुनरावलोकनको माग गरेका थिए ।
तर अदालतले यो दाबी खारेज गरेको हो ।यो फैसला १एमडीबी घोटालासँग जोडिएको नजिबको अर्को मुद्दाको फैसला आउनु चार दिनअघि आएको हो । उक्त मुद्दामा उनलाई थप अभियोग लाग्न सक्ने सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न
-
वर्षाले प्रभावित फाइनलमा नेपाल बन्यो च्याम्पियन
-
आर्थिक विधेयकमा भएको हेरफेरबारे अर्थमन्त्रीले संसद्मा स्पष्ट पार्नुपर्छ : वर्षमान पुन
-
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण, भत्किने डरैडरमा काम गर्दै सुरक्षाकर्मी: आईजीपी कार्की
-
सुदूरपश्चिम मन्त्रिपरिषद् बैठक : बिदा भएर निस्किए मन्त्रीहरू
-
हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न संसदीय समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण