बढ्यो कन्डमकाे आयात
मङ्गलबार, ०८ पुस २०८२, १५ : ३५
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिना (साउनदेखि मंसिरसम्म) मा ९ करोड ९९ लाख २५ हजार रुपैयाँको १ करोड २८ लाख ४५ हजार ८६७ पीस कन्डम आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस्तो पाइएको हो । तथ्याङ्कले मंसिर महिनामा कन्डम आयात बढेको देखाएको छ ।
मंसिर महिनामा मात्रै १ करोड ७४ लाख ७९ हजार रुपैयाँ बराबरको १८ लाख ६६ हजार ६७५ पीस कन्डम आयात भएको उल्लेख छ ।
कात्तिकमा ७१ लाख ३६ हजार रुपैयाँ बराबरको ५ लाख ६५ हजार ९८४ पीस आयात भएको थियो । यसैगरी २०८२ असोजमा १ करोड ९ लाख ७१ हजार रुपैयाँको ११ लाख ६३ हजार ५२ पीस कन्डम आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण