श्रम स्वीकृतिको सेवालाई वडा तहसम्मै पुर्याउने योजना छ : मन्त्री भण्डारी
सारांश
- श्रममन्त्रीले श्रम स्वीकृति प्रक्रियालाई स्थानीय तहसम्मै पुर्याउने योजना रहेको बताए।
- उनले श्रमिकले भोग्नुपरेका झन्झट अन्त्य गर्ने प्रतिबद्धता जनाए, जसले वैदेशिक रोजगारी सहज हुनेछ।
- मन्त्रीले वैदेशिक रोजगारीमा जाने श्रमिकको सुरक्षाका लागि राज्यले बिदाइ गर्दा नै प्रत्याभूति दिनुपर्ने बताए।
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले श्रम स्वीकृतिका लागि श्रमिकहरूले काठमाडौँ धाउनुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन् ।
बुधबार सामाजिक सुरक्षा कोषको कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले श्रम स्वीकृतिको सेवालाई स्थानीय वडा तहसम्मै पुर्याउने योजना रहेको बताए । उनले श्रमिकले विभिन्न झन्झटमा पर्नुपर्ने अवस्थाको अन्त्य गरिने प्रतिबद्धता समेत जनाए ।
मन्त्री भण्डारीले श्रम स्वीकृतिका लागि अहिले भइरहेका प्रशासनिक झन्झटहरूप्रति प्रश्न पनि उठाए । उनले भने- ‘श्रम स्वीकृति, व्यक्तिगत विवरण र वैदेशिक रोजगारीसँग सम्बन्धित सबै प्रक्रियाहरूलाई किन वडा र पालिकामै नदिने ? किन यस्तो ट्रयापिङ र झमेलाहरू सिर्जना गरिन्छ ? हामी यी सबै कुरालाई सिधै वडा तहमा पुर्याएर श्रमिकलाई सहज बनाउन आवश्यक छ।’
मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई राज्यले बिदाइ गर्दा नै सुरक्षाको प्रत्याभूति दिनुपर्ने बताए । ‘कल्याणकारी राज्यले त नागरिक विदेश जाँदै गर्दा ‘लौ तिम्रो पासपोर्ट, तिम्रो श्रम स्वीकृति र सामाजिक सुरक्षाको ग्यारेन्टी भयो, अब ढुक्कसँग जाऊ’ भन्नुपर्ने हो,’ उनले भने ।
उनले श्रम स्वीकृतिलाई एउटा झन्झटिलो प्रक्रियाको रूपमा भन्दा पनि श्रमिकको अधिकार र सुरक्षाको दस्ताबेजको रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
अवैध बाटोबाट वैदेशिक रोजगारीमा जाने क्रम बढ्नुमा श्रम स्वीकृतिको झन्झटिलो प्रक्रिया पनि एउटा कारण रहेको मन्त्री भण्डारीको ठम्याई छ। मन्त्री भण्डारीले श्रम मन्त्रालयभित्र रहेका नीतिगत र प्रक्रियागत अड्चनहरूलाई हटाउन आफू लागिपरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण