यी हुन् प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर नगर्ने कांग्रेसका २४ सांसद
काठमाडौँ । विघटित प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा नेपाली कांग्रेसका २४ सांसदले हस्ताक्षर गरेका छैनन् । प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ भन्दै ६५ सांसदले हस्ताक्षर गरेर सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
मंसिर २३ गते विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक श्यामकुमार घिमिरे सचेतक सुशीला थिङसहित ८ सांसदले पुनर्स्थापना माग्दै रिट दायर गरेकोमा त्यही रिटमा मंगलबार ५७ सांसदले पूरक रिट दर्ता गरेका हुन् । त्यो रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ बुधबार सकिएको छ ।
पुनर्स्थापनाका पक्षमा हस्ताक्षर नगर्नेमा सभापति शेरबहादुर देउवा कार्यवाहक सभापति पूर्णबहादुर खड्का महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा इतर समूहका नेता डा शेखर कोइरालासहितका नेताहरू छन् ।
यी हुन् हस्ताक्षर नगर्ने सांसदहरू
१. अर्जुन नरसिंह के.सी.
२. डा. आरजु राणा
३. उदय शमशेर राणा
४. कुसुमदेवी थापा
५. गगन कुमार थापा
६. दिक्पाल कुमार शाही
७. धनराज गुरुङ
८. पूर्ण बहादुर खड्का
९. प्रतिमा गौतम
१०. प्रदीप पौडेल
११. मुक्ता कुमारी यादव
१२. मैना कार्की
१३. मोहन बहादुर बस्नेत
१४. योगेश गौचन थकाली
१५. लिलादेवी वोखिम (लिम्बू)
१६. विमलेन्द्र निधि
१७. विश्वप्रकाश शर्मा
१८. डा. शेखर कोइराला
१९. शेर बहादुर देउवा
२०. सपना राजभण्डारी
२१. सिता मिजार
२२. सुरेन्द्र राज आचार्य
२३. संजय कुमार गौतम
२४. हृदयराम थानी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा नियमावली १० औँ संशोधन स्वीकृत
-
इरानको चेतावनी : होर्मुज जलडमरूमध्यमा आफूले तोकेकै मार्ग प्रयोग गर्न आग्रह
-
विशिष्ट संरचना सञ्चालन तथा विकास समितिको कार्यकारी निर्देशकमा खड्का नियुक्त
-
गुगलले ईयूमा हार्यो ४ अर्ब १० करोड यूरो जरिवानाविरुद्धको मुद्दा
-
नेपाल प्रहरीका ८ जना एआईजीको सरुवा
-
ट्रम्पविरूद्ध युरोप एकजुट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण