मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
विघटन विवाद

यी हुन् प्रतिनिधिसभा पुनर्स्थापना माग्ने कांग्रेसका ६५ सांसद (नामावलीसहित)

मङ्गलबार, ०८ पुस २०८२, १७ : ३९
मङ्गलबार, ०८ पुस २०८२

सारांश

  • नेपाली कांग्रेसका ६५ सांसदले विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा हस्ताक्षर बुझाएका छन्।
  • मंसिर २३ गते रिट निवेदन दर्ता गराएका ८ जना निवर्तमान सांसद सहित थप ५७ जनाले हस्ताक्षर बुझाएका हुन्।
  • जनमत पार्टी, स्वतन्त्र सांसद र जसपाकी सांसदले पनि संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्।

काठमाडौँ । विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका ६५ सांसदले पुनर्स्थापना माग गर्दै सर्वोच्च अदालतमा हस्ताक्षर दर्ता गराएका छन् ।

मंगलबार कांग्रेसका निवर्तमान सांसदहरूले सर्वोच्च अदालतमा हस्ताक्षर दर्ता गराएका हुन् । जसमा ८ जना प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै मंसिर २३ गते रिट निवेदन दर्ता गराउने निवर्तमान सांसदहरु छन् । मंगलबार थप ५७ जना निवर्तमान सांसदको हस्ताक्षर जुटाएर दर्ता गराइएको हो । 

मंसिर २३ गते रिट निवेदन दर्ता गराउने निवर्तमान सांसदहरूमा श्यामकुमार घिमिरे, सुशीला थिङ, दीपक खड्का, जाबेदा खातुन जागा, सिता राना, नागिना यादव, शान्ति बिक र आशा बिक छन् । 

मंगलबार हस्ताक्षर बुझाउने थप ५७ निवर्तमान सांसदको सूची यस्तो छ–

१)चन्दा चौधरी

२) बद्री प्रसाद पाण्डे

३) डा. प्रकाश शरण महत

४) पूर्ण बहादुर तामाङ

५) जीवन परियार

६) डा.चन्द्रकान्त भण्डारी

७) पुष्पबहादुर शाह

८) डा.नारायण खड्का

९) मनोरमा शेरचन

१०) मोहन आचार्य

११) रामकृष्ण यादव

१२) राजेन्द्रकुमार के.सी.

१३) विनाकुमारी थनैत

१४) विनोद कुमार चौधरी

१५) अन्जनी श्रेष्ठ

१६) शंकर भण्डारी

१७) मैना कार्की

१८) रमेश रिजाल

१९) डिगबहादुर लिम्बु

२०) रामहरी खतिवडा

२१) रमेश लेखक

२२) डा. शशांक कोईराला

२३) नारायण प्रकाश साउँद

२४) ज्ञानेन्द्र बहादुर कार्की

२५) प्रकाशमान सिंह

२६) तेजुलाल चौधरी

२७) दिपक गिरी

२८) सन्तोष चालिसे

२९) राजेन्द्र बजगाई

३०) ईश्वरीदेवी न्यौपाने

३१) रामनाथ अधिकारी

३२) दिलेन्द्रप्रसाद बडू

३३) दिनेशकुमार यादव

३४) मन्जु खाण

३५) महेन्द्रकुमार राय

३६) ऐनबहादुर शाही ठकुरी

३७) सीता गुरुङ

३८) माया राई

३९) सरिता प्रसाई

४०) डिल्लीराज पन्त

४१) टेक बहादुर गुरुङ

४२) विष्णुकुमार कार्की

४३) किशोर सिंह राठौर

४४) संगिता मण्डल धानुक

४५) कल्पना चौधरी

४६) अजयकुमार चौरसिया

४७) राजु थापा

४८) वीरबहादुर वलायर

४९) खमबहादुर गबुर्जा

५०) देवप्रसाद तिमलसेना

५१) कान्तिका सेजुवाल

५२) सुनिलकुमार शर्मा

५३) रुपा वि.क.

५४) दुर्लभ थापा क्षेत्री

५५) रमा कोइराला पौडेल

५६) सरस्वती बजिमय

५७) अम्बिका बस्नेत

अन्य दलका थप सांसद

यस्तै कांग्रेसबाहेक जनमत पार्टीकी गोमा लाभ सापकोटा, स्वतन्त्र सांसद योगेन्द्र मण्डल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीकी हसिना खातुनले पनि संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप