एमाले नेता भ्रष्टाचार मुद्दामा दोषी ठहर, साढे १ वर्ष कैद सजाय
सारांश
- नेकपा एमाले कर्णाली प्रदेशका नेता नन्दसिंह बुढा भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन्।
- नक्कली विद्यालय खडा गरी भ्रष्टाचार गरेको आरोपमा उनलाई १ लाख ९० हजार जरिवाना र साढे १ वर्ष कैद सजाय तोकिएको छ।
- विशेष अदालतले बुधबार नन्दसिंह र संगीतालाई दोषी ठहर गरेको हो।
काठमाडौँ । नेकपा एमाले कर्णाली प्रदेशका नेता नन्दसिंह बुढा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । साेमबार विशेष अदालत काठमाडौँले उनीसहित चार जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।
उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘नक्कली विद्यालय’ खडा गरी भ्रष्टाचार गरेको आरोपमा गत असार १९ गते विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
७ लाख ६० हजार रुपैयाँ बिगो कायम गरी उनीसहित तत्कालीन डोल्पा जिल्ला प्राविधिक कार्यालयका प्रमुख रविचन्द्र पजियार, सोही कार्यालयका लेखापाल मनिराम कुर्मी र कोषाध्यक्ष संगीता बुढा विरुद्ध मुद्दा दायर गरिएको थियो ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यद्वय डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले संक्षिप्त फैसला सुनाउँदै नन्दसिंह र संगीतालाई दोषी ठहर गरेको हो । उनीहरूलाई जनही १ लाख ९० हजार जरिवाना र साढे १ वर्ष कैद सजाय तोकिएको छ ।
पछिल्लो समय नन्दसिंह डोल्पाबाट नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि समेत बनेका थिए ।


छुटाउनुभयाे कि ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
-
सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
‘एयर पोलुसन स्टेसन’ले राप्तीमा सहज
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण