प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड
मोरङ । कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ बैंकको व्यवस्था गर्न सरोकारवालाले जोड दिएका छन् ।
जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड) पोखराको सहकार्य तथा कृषि विकास निर्देशनालय, कोशी प्रदेशसँगको समन्वयमा सामुदायिक बीउ बैंक सङ्घ नेपाल, कावासोती नवलपरासीले बुधबार विराटनगरमा ‘कोशी प्रदेशमा सामुदायिक बीउ बैंक : वर्तमान अवस्था र विस्तारको आवश्यकता’ विषयक अन्तरक्रिया गरेको थियो । सो अन्तरक्रियामा सरोकारवालाले स्थानीय र रैथाने जातका बीउको संरक्षणका लागि हरेक स्थानीय तहमा बीउ बैंक आवश्यक भएको बताएका हुन् ।
कोशी प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव पशुपति पोखरेलले स्थानीय र रैथाने जातको बीउ संरक्षणका लागि सरकारले काम गरिरहेको बताउँदै स्थानीय उत्पादनबाट बनेका परिकारलाई विद्यालय तथा सरकारी कार्यालयमा खाजाका रुपमा प्रयोग गरी प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।
सामुदायिक बीउ बैंक सङ्घ नेपालका कार्यक्रम सल्लाहकार पीताम्बर श्रेष्ठले बीउ बैंक वर्तमान र भविष्यको खाद्य सुरक्षा, पोषण, पर्यावरण, कृषि अनुसन्धान र विकासको आधार भएको बताउँदै रैथाने र स्थानीय बीउ संरक्षणका लागि तीन तहकै सरकार मातहतका निकायको साझा प्रयास अपरिहार्य रहेको बताए ।
सामुदायिक बीउ बैंक सङ्घ नेपालका सञ्चालक सदस्य डिल्ली पौडेलले आगामी आर्थिक वर्षमा प्रदेशको पहलमा जिल्लामा बीउ संरक्षणका लागि समावेश गर्न सकिने सम्भावनाको खोजी र मूलप्रवाहिकरण तथा विस्तारको मार्ग पहिचान गर्ने उद्देश्यले कार्यत्रक्रम आयोजना गरिएको बताए ।
कोशी प्रदेशमा सामुदायिक बीउ बैंकको सङ्ख्या चार वटा छ । चारपाते बीउ बैंक मोरङ, शिवगञ्ज सामुदायिक बीउ बैंक झापा, तामाफोक सामुदायिक बीउ बैंक, सङ्खुवासभा र षडानन्द बीउ बैंक भोजपुर रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण