नयाँ शक्तिको समीकरण प्रयास, रवि लामिछाने, बालेन शाह, सुदन गुरुङ लगायत छलफलमा जुटे
सारांश
- निर्वाचन नजिकिँदै गर्दा नयाँ शक्तिहरूबीच समीकरण बनाउने प्रयास भइरहेको छ।
- ललितपुरमा रास्वपाका रवि लामिछाने, बालेन शाह लगायत छलफलमा जुटे।
- छलफलमा जेनजी अभियन्ता सुदन गुरुङ र कांग्रेस नेता सुनिल शर्मा पनि सहभागी थिए।
काठमाडौँ । चुनावको मिति नजिकिँदै गर्दा नयाँ शक्तिहरुको समीकरण बनाउने प्रयास भइरहेको छ । सोही प्रयासस्वरुप बिहीबार ललितपुरमा रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, जेनजी अभियन्ता सुदन गुरुङ, कांग्रेस नेता सुनिल शर्मा लगायत छलफलमा जुटेका छन् ।
बालेनका सहयोगी कुमार बेनको ज्वागलस्थित घरमा छलफल सुरु भएको हो । बालेनले बुधबार मध्यरातसम्म पनि विभिन्न क्षेत्रका सक्रिय र चर्चित व्यक्तित्वसँग भेटघाट गरेका थिए । सो भेटमा डा भगवान् कोइराला, राप्रपा नेता ज्ञानेन्द्र शाही, सरसरफाई तथा युवा अभियन्ता केपी खनाल, जेनजी फ्रन्टकी संयोजक रक्षा बम, शेरबहादुर देउवासँग अघिल्लो चुनाव लडेका अभियन्ता सागर ढकाल, पूर्वसचिव भीम उपाध्याय, पूर्व विवेकशील साझाका नेता मिलन पाण्डेको पनि सहभागिता रहेको थियो ।
यस्तै कलाकार निश्चल बस्नेत, सञ्चारकर्मीहरू सुरजसिंह ठकुरी, पत्रकार ऋषि धमला, सञ्चार उद्यमी कैलाश सिरोहिया समेत छलफलमा सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण