रवि लामिछाने र बालेन भित्र छलफलमा, सुदन गुरुङले लगाइदिए गेटमा ताला !
सारांश
- रास्वपा सभापति रवि लामिछाने र मेयर बालेन शाहबीच फागुन २१ गते हुने निर्वाचनको लागि छलफल भइरहेको छ।
- छलफल ललितपुरस्थित बालेनका सहयोगी कुमार बेनको निवासमा भइरहेको छ।
- जेनजी अभियन्ता सुदन गुरुङले सहमतिका लागि दबाब दिन छलफल स्थलको गेटमा ताला लगाएका छन्।
काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनमा सहकार्यको प्रयास स्वरुप रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच छलफल भइरहेको छ।
छलफल बालेनका सहयोगी कुमार बेनको ललितपुरस्थित निवासमा चलिरहेको हो । भित्र दुई रवि र बालेन शाहबिच छलफल चलिरहँदा बाहिर भने जेनजी अभियन्ता सुदन गुरुङ रहेका छन् । उनले आफू सहमतिका लागि दबाब दिन छलफल स्थलमा आएको बताए ।
यतिमात्रै होइन उनले आफैँले सामाजिक सञ्जालमार्फत छलफलका लागि दबाब दिन आफूले घरको गेटमा ताला लगाइदिएको बताए । सहमति नगरेसम्म बालेन र रविलाई बाहिर निस्कन नदिने उनको भनाइ छ ।
उनले एक भिडियो समेत जारी गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘सम्झौता नहुँदासम्म हामी रवि लामिछाने र बालेन शाहलाई बाहिर जान दिने छैनौं !’
उनले भिडियोमा भनेका छन्, ‘जबसम्म दुई जना मिल्नु हुँदैन तबसम्म यो गेट खोलिँदैन । हामीले गेटमा ताला लगाएर राखेका छौँ । हामी यहाँ गार्ड छौँ, यहाँबाट कोही पनि भित्र छिर्दैन कोही पनि बाहिर निस्कँदैन । कुरा नमिलेसम्म यत्तिकै हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा
-
यस्तो थियो पुष्पलालले तयार गरेको नेकपाको पहिलो घोषणा पत्र
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
रुबियो र लाभरोभबिच भेटवार्ता : इरान र युक्रेन युद्धबारे महत्त्वपूर्ण छलफल
-
सुन र चाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
अमेरिकाद्वारा इरानमाथि सैन्य कारबाही तीव्र, पहिलो पटक बी–१ बमवर्षक विमान प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण