हुम्लाकाे सर्केगाडमा आगलागी, दुई जना घाइते, तीन घरमा क्षति
हुम्ला । सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते भएका छ । आगलागीबाट पाँच घर जलेको स्थानीय विजय फडेराले जानकारी दिए।
फडेराका अनुसार गए राति लैबा फडेरोको घरबाट अचानक सुरु भएको आगलागीमा परेर स्थानीय लैबा फेडेरा र बम्बु फडेर घाइते भएका छन् । आगोमा परेर दुवैजनाको शरीर निकै जलेको छ । घाइते दुवैजनालाई थप उपचारका लागि राति नै एम्बुलेन्सबाट जिल्ला अस्पताल सिमकोटमा ल्याइएको छ ।
“आगलागीबाट रिप गाउँका स्थानीय लैबा फडेरा, जयराम फडेरा, क्रान्ति फडेराको घर जलेको अवस्थामा छन् भने रमेश महतारा, मोहन महताराको सामान जलेर नष्ट भएका छन् । कति क्षति भएको भन्ने यकिन विवरण अहिलेसम्म आएको छैन”, आगलागी नियन्त्रणमा खटिएका विजय फडेराले नेपालवोटसँग भने, “राति आगलागी भएका कारण नियन्त्रणमा निकै समय लाग्यो ।”
रिप गाउँ र छिमेकी उनापानीका स्थानीयको पहलमा अहिले बिहान २ः३० बजेतिर आगो नियन्त्रणमा आएको फडेराले जानकारी दिए । अगालागीको जानकारी पाउनेबित्तिकै सर्केगाड प्रहरीचौकीबाट सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
“सर्केगाड प्रहरीचौकीबाट खटिएको टोली आगो नियन्त्रणमै लागेकाले क्षतिको विवरण यकिन गर्न सकिएको छैन”, जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख विष्णु श्रेष्ठले भने, “घटनामा घाइते भएका दुई जनालाई सिमकोट ल््याउने काम भइरहेको छ भने अहिले आगो पनि नियन्त्रणमा ल्याइएको छ ।”
घटनास्थलमा अहिले सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाया र उपाध्यक्ष देविका तिमिल्सिनालगायतको टोली उद्धार र राहत सामग्रीसहित पुगेको बताइएको छ ।
घाइतेलाई अस्पतालमा ल्याउनेबित्तिकै इर्मेजेन्सी उपचार गरिएको जानकारी दिएका जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा उमाकान्त तिवारीले श्रीमान् लैबाको शरीर ५४ प्रतिशत जलेको बताए ।
“लैबुको ५४ प्रतिशत शरीर आगोले खाएका कारण जिल्लामा उपचार अलि जटिल छ”, डा तिवारीले भने, “श्रीमती बम्बुको १८ प्रतिशत शरीरलाई आगोले खाएका कारण जिल्लामै उपचार संम्भव छ ।” डा तिवारीका अनुसार लैबुलाई तत्कालै जिल्ला बाहिर रिफर गरिएको छ । अहिले बिहान जहाज आउनेबित्तिकै प्रदेश अस्पताल वा अन्यत्र पठाउने तयारी जिल्ला अस्पतालले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण