मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

जीर्णोद्धारपछि यस्तो देखियो ऐतिहासिक र पुरातात्त्विक महत्वको मकवानपुर गढी (तस्बिरहरू)

शुक्रबार, ११ पुस २०८२, १० : ४३
शुक्रबार, ११ पुस २०८२

सारांश

  • मकवानपुर गढी ऐतिहासिक र पुरातात्त्विक महत्त्वको स्थल हो, जुन हेटौँडाबाट १६ किलोमिटर पूर्वमा अवस्थित छ।
  • गढी सेन वंशीय शासनको ऐतिहासिक विरासत हो, जहाँ भत्किएका संरचनाहरूको जीर्णोद्धार गरिएको छ।
  • यहाँ अध्ययन भ्रमण र पिकनिकका लागि विद्यार्थी आउने गर्छन्, र यहाँ कृष्णलाई बाँधेर राखिएको किंवदन्ती छ।

काठमाडौँ । ऐतिहासिक र पुरातात्त्विक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर जिल्ला सदरमुकाम हेटौँडाको बुद्ध चोकबाट करिब १६ किलोमिटर पूर्व कान्ति राजपथ सडकसँगै समुद्री सतहदेखि १०१७ मिटर उचाइको पहाडीको थुम्कोमा अवस्थित छ ।

आफ्नो छुट्टै इतिहास रहेको मकवानपुर गढी आधुनिक नेपालको स्थापना हुनुपूर्व सेन वंशीय शासनको ऐतिहासिक विरासतको जीवन्तको रूपमा रहेको छ । परम्परागत तर उन्नत वास्तुकलाको प्रतिरूप मकवानपुर गढीले तत्कालीन समयको सामरिक महत्त्व तथा राज्यको सुरक्षात्मक उपाय झल्काएको छ ।

makwanpur gadi (2)

मकवानपुर गढी गाउँपालिका–२ मा अवस्थित उक्त गढी किल्लाभित्र रहेका दरबार, मन्दिर र पर्खालहरू भत्किएर जीर्ण बनेपछि जीर्णोद्धार गरिएको थियो । पुरातत्त्वले मकवानपुर गढीको भत्किएका भागहरूलाई मर्मत गरी पुरानै आकृतिमा संरचनाहरू निर्माण गरेको हो । 

makwanpur gadi (3)

यहाँ चितवन, मकवानपुर र मधेश प्रदेशका विद्यार्थीहरू अध्ययन भ्रमण र पिकनिक खान आउने गरेका छन् । यहाँको ऐतिहासिक महत्त्व, मनमोहक दृश्य र पुराना किंवदन्तीले यहाँ पुग्ने जो कोहीलाई प्रसन्नता प्रदान गर्ने गरेको छ ।

makwanpur gadi (4)

मकवानपुर गढीभित्र वंश गोपाल मन्दिर छ । मन्दिरभित्र कृष्णलाई फलामे साङ्लोले बाँधेर राखिएको छ । मन्दिरको केही तल एउटा गुफा छ । त्यही गुफाबाट कृष्ण ओहोरदोहोर गर्थे भन्ने जनविश्वास समेत रहेको छ ।

makwanpur gadi (5)

कृष्ण राति बाहिर जाने र बिहान मात्रै फर्कने गर्दा अनिष्ट आइपर्ला भनेर गाउँलेले कृष्णलाई बाँधेर राखेको किम्बदन्ती समेत रहेको स्थानीयले जानकारी दिएका छन् ।

makwanpur gadi (6)

सेन वंशका राजाहरूले १३ औँ शताब्दीको सुरुतिर यहाँ शासन गरेको इतिहास पाइन्छ । सेन वंशका प्रताप राजा मुकुन्द सेन कै नामबाट मुकुन्दपुर, माकन्दपुर, मुकुनपुरको अपभ्रंश हुँदै मकवानपुर नामकरण भएको हो भन्ने जनविश्वास छ ।

makwanpur gadi (7)

 सेन वंशका लोहाङ्गसेनदेखि अन्तिम राजा दिग्बन्धन सेनसम्मका राजाहरूले करिब तीन सय वर्षसम्म मकवानपुर गढीलाई राजधानी बनाई राज्य गरेका थिए । तस्बिर : नेपाल फोटो लाइब्रेरी 

makwanpur gadi (8)makwanpur gadi (9)makwanpur gadi (10)makwanpur gadi (11)makwanpur gadi (12)makwanpur gadi (13)makwanpur gadi (14)makwanpur gadi (15)makwanpur gadi (16)makwanpur gadi (17)makwanpur gadi (18)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप