फागुन २१ : कहाँ–कहाँबाट उम्मेदवार सिफारिस भए प्रचण्ड ?
सारांश
- पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रबाट सिफारिस भएका छन्।
- प्रचण्डले अहिलेसम्म निर्वाचन लड्ने क्षेत्र यकिन नगरेको र कुन क्षेत्र रोज्ने चासो बढेको छ।
- विभिन्न क्षेत्रबाट सिफारिस भए पनि, नुवाकोट–१ र सिन्धुली–२ माओवादीले २०७९ मा जितेको थियो।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन् । तर उनी कुन क्षेत्रबाट चुनाव लड्छन् भन्ने चासो बढेको छ ।
शान्ति प्रक्रियामा आएपछि फरक फरक क्षेत्रबाट चुनाव लडेर जित्दै आएका प्रचण्ड यसपटक कुन क्षेत्र रोज्लान् भन्नेमा चासो बढेको हो । यद्यपि उनले अहिलेसम्म निर्वाचन लड्ने क्षेत्र यकिन गरिसकेका छैनन् ।
नेकपाले राष्ट्रिय सभा सदस्य, प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि शुक्रबार बेलुकासम्म उम्मेदवार सिफारिस गरेर पठाउन प्रदेश र जिल्ला समितिलाई निर्देशन दिएको छ ।
सबै जिल्लाबाट अन्तिम सूची आउने क्रम जारी रहँदा बागमती प्रदेशको नुवाकोट–१, सिन्धुली–२, रामेछाप, मधेसको महोत्तरी–४, गण्डकीको गोरखा–१ बाट प्रचण्डको नाम सिफारिस गरिएको छ ।
यस्तै लुम्बिनीको रोल्पा, रुकुम पूर्व र सुदूरपश्चिमको कैलाली–३ बाट पनि उनी उम्मेदवार सिफारिस भएका छन् । यस्तै बागमतीकै काभ्रे–गण्डकीको कास्की–१ बाट पनि प्रचण्डको नाम सिफारिस हुनसक्ने सम्बन्धित प्रदेशका अध्यक्षले बताएका छन् ।
सिफारिस भएका जिल्लामध्ये नुवाकोट– १ र सिन्धुली–२ बाट मात्र तत्कालीन नेकपा माओवादी केन्द्रले २०७९ को निर्वाचनमा जितेको थियो ।
२०६४ सालको संविधानसभा निर्वाचनमा प्रचण्ड काठमाडौँ–१० र रोल्पा–२ बाट विजयी भएका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा प्रचण्ड सिराहा–३ र काठमाडौँ–१० बाट उठेका थिए । त्यतिबेला काठमाडौँ–१० बाट पराजित भएका उनी सिराहा–३ मा झिनो मतले विजयी भएका थिए ।
२०७४ सालमा एमाले र माओवादीबिच वाम गठबन्धनबाट चितवन–३ बाट निर्वाचनमा भाग लिएका प्रचण्डले भारी मतले विजयी भए ।
२०७९ सालमा पनि चितवन–३ बाट निर्वाचनमा उठ्ने भनिएपनि अन्त्यमा गोरखा–२ बाट उठेका थिए । गोरखा–२ पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लगातार जितेको क्षेत्र हो ।
बाबुरामले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीसँग एकता गर्ने सहमति भएपश्चात् नेसपाले माओवादीकै चुनाव चिन्ह भाग लिएको थियो । गोरखा–२ प्रचण्डलाई बाबुरामले छोडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंकलाई लगातार तेस्रो पटक 'गोल्ड अवार्ड' सहित तीन वटा प्रतिष्ठित सम्मान
-
सदर चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा
-
यी हुन् नेपाल नर्सिङ परिषद्को अध्यक्ष र रजिष्ट्रारमा उम्मेदवारी दिनेहरू
-
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा ९ र रजिस्ट्रारमा ११ जनाले दिए आवेदन
-
पाराग्वेका गोलकिपर ओर्लान्डो गिल : जर्सी बेचेर परिवार पाल्नेदेखि विश्वकपको ‘पेनाल्टी हिरो’सम्म
-
अग्रता जोगाउन नसकेको जापान, पेनाल्टीले घर फर्कायो जर्मनी र नेदरल्यान्ड्सलाई (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण