गृह मन्त्रालयले सरुवा गर्यो १२ सहसचिव, ११ जनालाई सीडीओको जिम्मेवारी
सारांश
- गृह मन्त्रालयले १२ सहसचिव र १ उपसचिवको सरुवा गरेको छ।
- शुक्रबार गृहमन्त्री ओमप्रकाश अर्यालको निर्णयबाट सरुवा भएको हो।
- अर्यालले ११ सहसचिवलाई प्रमुख जिल्ला अधिकारी र एक जनालाई कारागार व्यवस्थापन विभागको महानिर्देशक बनाएका छन्।
काठमाडौँ । गृह मन्त्रालयले १२ सहसचिव र १ उपसचिवको सरुवा गरेको छ । शुक्रबार गृहमन्त्री ओमप्रकाश अर्यालस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरिएको हो ।
अर्याललले सरुवा गरेकामध्ये ११ सहसचिवलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ) र एक जनालाई कारागार व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी दिएका छन् । अर्यालले नुवाकोटका सीडीओ शशीधर घिमिरेको सरुवा गर्दै कारागार व्यवस्थापन विभागको महानिर्देशक बनाएका छन् ।
गृह मन्त्रालयमा रहेका सहसचिवहरू राजन पौडेललाई भोजपुर, लक्ष्मीप्रसाद पौडेललाई पर्वत, रेखा कँडेललाई खोटाङ, शान्तिराम प्रसाईलाई प्युठान, उमेश ढुङ्गानालाई लमजुङमा सीडीओको जिम्मेवारी दिइएको छ ।
पर्वतका सीडीओ हरिप्रसाद घिमिरेलाई दोलखामा सरुवा गरिएको छ । तनहुँका सीडीओ रामकृष्ण अधिकारीको सिन्धुपाल्चोकमा सरुवा गरिएको छ भने भोजपुरका सीडीओ शिवलाल तिवारीको तनहुँमा सरुवा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्शाल बाल गृहबाट २० बालबालिकाको उद्धार
-
बागमती प्रदेशमा अत्यावश्यक बाहेकका यातायातसम्बन्धी सेवाहरू एक हप्ताका लागि स्थगित
-
उत्तरी भियतनाममा बाढी र पहिरोबाट ५ जनाको मृत्यु, तीन बेपत्ता
-
कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिलाको खोजीमा सेना खटियो
-
डेलिभरी ब्वाईदेखि साहित्यकारसम्म : वाङ जिबिङको सङ्घर्ष र सफलता
-
योजना आयोग र त्रिभुवन विश्वविद्यालयबिच सहकार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण