प्रधानमन्त्री कार्कीले आज देउवा, ओली र प्रचण्डसँग छलफल गर्ने
सारांश
- प्रधानमन्त्री र तीन दलका शीर्ष नेताबीच आज निर्वाचनबारे छलफल हुने भएको छ।
- यसअघि राष्ट्रपति र प्रधानमन्त्रीसहित तीन दलका नेताको भेटवार्ता भएको थियो।
- मन्त्रीहरूले निर्वाचनको वातावरण बनाउन दलका नेता र कार्यालयको अनुगमन गरेका थिए।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबिच आज निर्वाचनबारे छलफल हुने भएको छ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटवार्ता शीतल निवासमा भएको थियो । त्यसैको निरन्तरतास्वरुप प्रधानमन्त्री कार्कीले आज तीन दलका शीर्ष नेतासँग छलफल गर्न लागेकी हुन् ।
शुक्रबार सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर निर्वाचनको वातावरण बनाउन आग्रह गरेका थिए । साथै मन्त्री खरेलले शनिबार ४ बजे तीन दलका शीर्ष नेतासँग प्रधानमन्त्रीले भेटवार्ता र छलफल गर्ने कार्यक्रम राखेको जानकारी गराएका थिए ।
यसअघि मन्त्री खरेलसहित कानुन मन्त्री अनिलकुमार सिन्हाले जेनजी आन्दोलनमा क्षति भएका राजनीतिक दलका कार्यालयको अनुगमन र दलका नेताहरूसँग कुराकानी गरेका थिए । पुस ८ र ९ गते एमाले, कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा, राप्रपा र जनमत लगायत पार्टीका कार्यालय पुगेर स्थलगत अनुगमन गरेका मन्त्री खरेलले त्यसलगत्तै प्रमुख दलका शीर्ष नेतालाई निवासै पुगेर निर्वाचनको वातावरण बनाउने प्रयासलाई निरन्तरता दिएका हुन् ।
सरकारले फागुन २१ मा निर्वाचन गर्ने तयारी गरेपनि दलहरूले शान्ति सुरक्षा लगायतमा प्रश्न उठाउँदै आएका छन् । खासगरी नेकपा एमालेले यसबारे प्रश्न उठाइरहेका बेला सरकारका मन्त्रीहरू नेता र पार्टी कार्यालय पुगेर निर्वाचनको वातावरण बनाउने प्रयत्नमा लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण