सूर्य नेपाल गल्फ टुर २०२५–२६ सिजन सुरु हुँदै
काठमाडौँ । नेपालकै प्रतिष्ठित व्यावसायिक गल्फ प्रतियोगिता सूर्य नेपाल गल्फ टुर २०२५–०२६ सिजन सोमबारदेखि काठमाडौँबाट सुरु हुने भएको छ । सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन गोकर्ण फरेस्ट गल्फ रिसोर्टबाट आयोजना हुने भएको हो ।
नेपालका शीर्ष व्यावसायिक तथा एमेच्योर गल्फरहरूको सहभागिता रहने यो प्रतियोगिता कुल ७२ होलमा खेलाइनेछ । प्रो गल्फर सुवास तामाङ र युवा एमेच्योर गल्फर सद्भाव आचार्यले यो प्रतियोगिता खेल्ने छैनन् । सिजनको अन्ततिर उनीहरू आउन सक्ने गोकर्ण गल्फ कोर्सका डाइरेक्टर दीपक आचार्यले जानकारी दिए । सेन्ट्रल ओपनमा पहिलो दुई राउन्ड (३६ होल) पछि कट सुरु हुनेछ ।
शीर्ष १८ व्यावसायिक खेलाडी तथा प्रो–कट पार गर्ने एमेच्योर खेलाडीहरू अन्तिम ३६ होलमा प्रवेश गर्नेछन् । यसअघि २१ खेलाडीले कट बचाउने प्रावधान थियो । प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ । विजेताले एक लाख ७० हजार, उपविजेताले एक लाख २५ हजार, तेस्रो स्थानले १ लाख, चौथोले ८२ हजार र पाँचौँ स्थानले ७२ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
शीर्ष १८ व्यावसायिक खेलाडीले पुरस्कार पाउनेछ । नेपाल नम्बर एक गल्फर नीरज तामाङ, साविक एमेच्योर च्याम्पियन राहुल विश्वकर्मा, तथा अनुभवी खेलाडीहरू भुवन नगरकोटी, तोरण शाही, दिनेश प्रजापति, सञ्जय लामा र रवि खड्का उपाधिका दाबेदार हुन् । सूर्य नेपाल गल्फ टुर २०२५–२६ कुल ८ वटा प्रतियोगिता हुनेछन् । माघ १४ देखि १७ गते सूर्य नेपाल ईस्टर्न ओपन धरान गल्फ क्लबमा र माघ २७ देखि २९ गतेसम्म सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप (आर्मी गल्फ कोर्स, बर्दिबास) हुनेछ ।
बर्दिबासमा पहिलोपल्ट प्रतियोगिता हुन लागेको हो । यस सिजनको कुल पुरस्कार राशि ८० लाख १० हजार रुपैयाँ रहेको छ। नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) का अध्यक्ष रवीन्द्रमान श्रेष्ठले नयाँ सिजनप्रति उत्साह व्यक्त गर्दै सूर्य नेपाल गल्फ टुरले १९औँ वर्षमा प्रवेश गर्नु नेपाली प्रतिस्पर्धात्मक गल्फका लागि महत्त्वपूर्ण उपलब्धि रहेको बताए । सूर्य नेपाल गल्फ टुर २०२५–२६ सिजनले नेपालका उत्कृष्ट गल्फ कोर्सहरूमा उच्चस्तरीय प्रतिस्पर्धा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सरकारको तयारी
-
एमालेसँग तत्काल सहकार्य सुरु हुन्छ : प्रचण्ड
-
राष्ट्रिय सभाको शून्य समयमा कसले के भने ?
-
मन्दिरका कर्मचारीसहित ८ जना पक्राउ
-
‘मन्त्रीको अमलेटमा काँडा भेटिँदा जरिवाना गर्ने सरकारले सुकुमबासीको खानामा किरा भेटिँदा के गर्छ ?’
-
शान्ति निर्माण निरन्तर संवाद र जनविश्वासबाट मात्र सम्भव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण