निर्वाचन लोकतान्त्रिक अभ्यास भएकाले सहभागी हुन्छौँ – अध्यक्ष यादव
मोरङ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी फागुन २१ गते हुने प्तिनिधिसभा सदस्य निर्वाचनमा पार्टी सहभागी हुने बताएका छन् ।
पार्टीको १ नं प्रदेश समितिद्वारा आज विराटनगरमा आयोजित जनसभामा उहाँले निर्वाचन लोकतान्त्रिक अभ्यास भएकाले जसपा सक्रिय रूपमा सहभागी हुने धारणा राखे ।
अध्यक्ष यादवले मुलुकमा भ्रष्टाचार अन्त्यसहित सुशासन कायम हुनुपर्ने, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउनुपर्नेलगायत माग राखी गत भदौ २३ र २४ गते प्रदर्शन भएकाले यो आमयुवाको माग रहेको उल्लेख गर्नुभयो । उनले सबै राजनीतिक दल सुशासन कायम गर्ने/गराउने मार्गमा जनअपेक्षा अनुसार चल्नुपर्नेमा जोड दिए ।
पार्टीका सहअध्यक्ष रकम चेम्जोङले गत भदौ २३ गतेको भएको जेनजी प्रदर्शन युवाको आवाज भएकाले मुुलुकमा राजनीतिक स्थिरताका लागि सोहीअनुसार संविधान संशोधन गर्नुपर्ने सुझाव दिए । युवाको माग सम्बोधन गर्न सबै राजनीतिक दल सकारात्मक हुनुपर्नेमा जोड दिँदै उनले भ्रष्टाचारको अन्त्य र सुशासन कायम भएमा मुलुकमा स्थिरता आउने दाबी गरे ।
पार्टीका प्रदेश अध्यक्ष दीपक याक्ख्या, केन्द्रीय सचिव रामकुमार राई, केन्द्रीय सदस्य सञ्जय सिंह, पन्नालाल मण्डल, कुन्ता राई र जिल्ला अध्यक्ष राजकुमार यादवले आ–आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण