दैलेखमा नेकपाका १२ उम्मेदवार: फ्लोरक्रसवाला र अधिवक्तादेखि योजनाकारसम्म
सारांश
- नेकपा दैलेखले आगामी फागुनमा हुने निर्वाचनका लागि १२ जना उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।
- क्षेत्र नम्बर १ बाट अमरबहादुर थापा र क्षेत्र नम्बर २ बाट योगेन्द्र शाही लगायतका नेताहरूको नाम सिफारिस गरिएको छ।
- विभिन्न पृष्ठभूमिका नेताहरू सिफारिसमा परेका छन्, जसमा पूर्व माओवादी, एमाले र अन्य दलका नेताहरू छन्।
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दैलेखले आगामी फागुनमा हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ १२ जना उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।
शनिबार बसेको जिल्ला कमिटी बैठकले दुई निर्वाचन क्षेत्रका लागि आकांक्षीहरूको नाम टुङ्ग्याएको हो । जिल्ला कमिटीको बैठकले दैलेख निर्वाचन क्षेत्र नम्बर १ बाट ५ जना र क्षेत्र नम्बर २ बाट ७ जना गरी कुल १२ जनाको नाम सिफारिस गरेको हो ।
दैलेख क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ सिफारिस हुनेहरूमा अमरबहादुर थापा, प्रेमबहादुर कटुवाल, विद्या प्रसाद ढकाल, प्रकाश अधिकारी र रमा रेग्मी रहेका छन् ।
अमरबहादुर थापा यसअघि २०७९ मा नेकपा एकीकृत समाजवादीबाट चुनाव लडेर यही क्षेत्रबाट चुनाव जितेका थिए ।
कुनै बेला कर्णालीमा मन्त्री बन्नकै लागि ‘फ्लोरक्रस’ गरेका थापा एमाले विभाजनपछि एकीकृत समाजवादीमा लागेका थिए । कटुवाल पूर्वमाओवादी धारका हुन् भने प्रकाश अधिकारी माओवादीको विद्यार्थी संगठनको केन्द्रीय पदाधिकारी थिए । साबिक माओवादीको कर्णालीका १० जिल्लामध्ये सबैभन्दा कमजोर संगठन र जनमत भएको जिल्ला हो दैलेख । बरु यहाँ एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीको संगठन बलियो छ ।
क्षेत्र नम्बर १ बाट सिफारिस भएकामध्ये उम्मेदवारको टिकट पाउने सम्भावना उनै थापाको छ । किनकि उक्त क्षेत्रमा थापाको जनमत बलियो छ । लामो समय एमाले दैलेखको नेतृत्वमा रहेर काम गरेका थापा जनतामाझ चिनिएका नेता हुन् ।
त्यस्तै क्षेत्र नम्बर २ बाट योगेन्द्र शाही, उपेन्द्रकुमार रावत, तर्कबहादुर शाही, लक्ष्मीकमल न्यौपाने, नवराज योगी, हर्क थापा र रमा कार्कीको नाम सिफारिस गरिएको छ ।
योगेन्द्र शाही योजना आयोग कर्णाली प्रदेशका पूर्वउपाध्यक्ष तथा बौद्धिक नेता हुन् । एमाले पृष्ठभूमि भएका नेता शाही ०७९ मा माओवादी प्रवेश गरी दैलेख २ (२) बाट प्रदेश सभा चुनाव लडेका थिए, तर उनी पराजित भए । यद्यपि उनलाई तत्कालीन राजकुमार शर्मा नेतृत्वको कर्णाली प्रदेश सरकारले उनलाई योजना आयोगको उपाध्यक्ष बनाएको थियो ।
उपेन्द्र रावत भने माओवादी युद्धकालदेखि नै सक्रिय नेता हुन् । यद्यपि उनले अहिलेसम्म टिकट पाएका छैनन् ।
अधिवक्तासमेत रहेका रावतले कुनै बेला शक्ति बस्नेत गृहमन्त्री हुँदा सचिवालयमा समेत बसेर काम गरेका थिए । उनी युवा र बौद्धिक वर्गमा परिचित छन् । अर्को नेता तर्क शाही पनि एमाले पृष्ठभूमिका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण