मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

हुम्लामा पेट्रोल खन्याउने क्रममा आगलागी,  १ वर्षीय बालकको मृत्यु

आइतबार, १३ पुस २०८२, १० : २३
आइतबार, १३ पुस २०८२

सारांश

  • हुम्लामा पेट्रोल खन्याउने क्रममा आगलागी हुँदा एक वर्षीय बालकको मृत्यु भएको छ।
  • आगलागीमा परी आमा घाइते भएकी छिन् भने छिमेकी युवती पनि घाइते भएकी छिन्।
  • घाइतेहरूको सिमीकोट अस्पतालमा उपचार भइरहेको छ।

काठमाडौँ । हुम्लामा पेट्रोल खन्याउने क्रममा आगलागी हुँदा एक जनाको बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्लाको खार्पुनाथ गाउँपालिकाका १ वर्षीय बालक रवीन्द्र जेठारा छन् । 

आगलागी हुँदा उनकी आमा बर्रा जेठारा घाइते भएका छन् ।

आगो नजिकै रहेको पेट्रोल ठुलो भाँडोबाट सानोमा खन्याउने क्रममा आगलागी भएको हुम्लाका डीएसपी शंकर खड्काले रातोपाटीलाई बताए । 

आगो निभाउने क्रममा छिमेकी २० वर्षीया जेनिशा रावल पनि घाइते भएकी छन् । उनीहरूको सिमीकोट अस्पतालमा उपचार भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप