वैकल्पिक शक्तिहरूको बृहत् एकताबारे कुलमान : सकेसम्म एक भएर जाने, नभए कार्यगत एकता गर्ने
सारांश
- ऊर्जा मन्त्री कुलमान घिसिङले नयाँ राजनीतिक शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरे।
- उनले देशको वर्तमान अवस्थामा एउटै मोर्चा बनाएर जानुपर्ने बताए।
- घिसिङले वैकल्पिक शक्तिहरूसँग सहकार्य गर्न तयार रहेको घोषणा गरे।
कास्की । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले मुलुकका सबै वैकल्पिक र नयाँ राजनीतिक शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन् । पोखरामा आयोजित उज्यालो नेपाल पार्टीको विशेष भेलालाई सम्बोधन गर्दै घिसिङले नेपाली जनताको चाहना नयाँ नेतृत्व र वैकल्पिक शक्तिहरूको एकता भएको उल्लेख गरेका हुन्।
उनले देशको वर्तमान अवस्थामा साना साना समूहमा विभाजित हुनुभन्दा एउटै मोर्चा बनाएर जानु वा कार्यगत एकता गर्नुको विकल्प नरहेको स्पष्ट पारे। उनले भने– ‘सबै एक बनाएर सही नेतृत्वहरू, वैकल्पिक शक्तिहरू सबै एक भएर जानुपर्छ। सकेसम्म एक भएर जाने, नभए एउटा कार्यगत एकता गरेर जाने अवस्थामा हामी छौँ। त्यो भएको हुनाले सबै नयाँ र मेनस्ट्रिम फोर्सहरू एक भएर जानलाई पनि म आव्हान गर्छु।’
नेपाली जनताले अबको नेतृत्व वैकल्पिक शक्तिहरूले लिउन् भन्ने चाहेको चर्चा गर्दै घिसिङले उज्यालो नेपाल पार्टी यसका लागि सधैँ खुला रहेको बताए। उनले पार्टीको आफ्नै पहिचान, सम्मान र स्वाभिमानलाई कायम राख्दै सबै नयाँ तथा ‘मेनस्ट्रिम’ फोर्सहरूसँग सहकार्य गर्न तयार रहेको घोषणा गरे ।
एकता र सहकार्यका लागि अहिले विभिन्न तहमा संवाद भइरहेको र आगामी दिनमा यसले ठोस परिणाम दिनेमा उनले विश्वास व्यक्त गरे । आफ्नो सम्बोधनका क्रममा घिसिङले वैकल्पिक शक्तिहरूबिचको सहकार्यले मात्रै मुलुकलाई नयाँ दिशा दिन सक्ने दाबी गरे।
उनले भने, ‘आजको दिन सबैले नेपाली जनताले वैकल्पिक शक्तिहरू एक होस् अगाडि बढोस् र नयाँ नेतृत्व देओस् भन्ने चाहना छ। त्यसलाई हामी सबैले अझै बुझेर त्यसतर्फ अगाडि बढ्नु पर्नेछ। त्यस तर्फ उज्यालो नेपाल पार्टी सधैँभरि एउटा सम्मानजनक उपस्थिति, आफ्नो सम्मान र आफ्नो जुन उपस्थिति छ, आफ्नो स्वाभिमान छ त्यसलाई यथास्थितिमा राखेर त्यसलाई चाहिँ नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छ। सहकार्य गरेरै अगाडि बढ्ने हो र यस तर्फ धेरै कुराहरू भइरहेको छ र आगामी दिनमा त्यसको रिजल्टहरू पनि धेरै आउने म चाहिँ विश्वास व्यक्त गर्न चाहन्छु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण