काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी अलैँची निर्यात
आइतबार, १३ पुस २०८२, १३ : ०६
झापा । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी निर्यात हुनेमा अलैँची शीर्ष स्थानमा छ । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार उक्त अवधिमा रु पाँच अर्ब ५३ करोड ३२ लाख ४९ हजारको अलैँची भारततर्फ निर्यात भएको छ ।
कार्यालयका अनुसार उक्त अवधिमा रु एक अर्ब ८५ करोड ६२ लाख सात हजारको चिया र रु ८३ करोड ७० लाख ८६ हजारको प्लाइउड निर्यात भएको छ । साथै रु ४८ करोड ५२ लाख ७३ हजारको छुर्पी, रु ४४ करोड ९९ लाख ११ हजारको भेनियर सिट, रु ३७ करोड ४५ लाख ३८ हजारको अदुवा र सुठो, रु ३० करोड ४१ लाख ४९ हजारको अम्रिसो र रु ११ करोड ३१ लाख ९१ हजार मूल्य बराबरको काउली र बन्दागोपी निर्यात भएको छ ।
साथै, रु नौ करोड १२ लाख ८७ हजारको मुसुरो र रु तीन करोड ७८ लाख ८३ हजार मूल्य बराबरको फलामे पाता पनि निर्यात भएको भन्सारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण