शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फागुन २१ को चुनावमा उम्मेदवार नबन्ने पम्फा भुसालको घोषणा

आइतबार, १३ पुस २०८२, २० : ००
आइतबार, १३ पुस २०८२

सारांश

  • पम्फा भुसालले आगामी फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैमा उम्मेदवार नबन्ने घोषणा गरिन्।
  • उनले पार्टीभित्र आफ्नो राजनीतिक अनुभव र सिकाइलाई संस्थागत रूपमा उपयोग गर्ने बताइन्।
  • भुसालले यसपटक पार्टीका उम्मेदवारहरूलाई जिताउन सक्रिय भूमिका खेल्ने बताइन्।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैमा उम्मेदवार नबन्ने घोषणा गरेकी छन् ।

‘यसपटक म प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेकी छु । म पहिले नै दुई पटक प्रत्यक्ष निर्वाचन जितिसकेको छु र पटकपटक मन्त्री भएर काम गर्ने अवसर पनि पाइसकेको छु’, भुसालले आइतबार सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘अब त्यो  राजनीतिक अनुभव र  सिकाइ पार्टीभित्र संस्थागत  रूपमा  उपयोग  गर्नुपर्छ भन्ने मेरो ठम्याइ छ ।’

भुसालले यस पटक पार्टीले उठाएका उम्मेदवारहरूलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्ने भन्दै अपवाद बाहेक यस पटक पहिला अवसर पाइसकेकाहरूले प्रत्यक्ष वा समानुपातिक निर्वाचनमा उम्मेदवारी नदिनु नै उपयुक्त हुने आफ्नो मत रहेको पनि बताएकी छन् । 

pamfa

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप