बंगलादेशका नवनियुक्त प्रधानन्यायाधीश जुबैर रहमान चौधरीद्वारा शपथ ग्रहण
आइतबार, १३ पुस २०८२, २२ : २२
सारांश
- जुबैर रहमान चौधरीले बंगलादेशको २६ औँ प्रधानन्यायाधीशको रूपमा शपथ लिएका छन्।
- राष्ट्रपति मोहम्मद शहाबुद्दीनले उनलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।
- डिसेम्बर २३ मा कानुन मन्त्रालयले उनलाई प्रधान न्यायाधीश नियुक्त गरेको थियो।
काठमाडौँ । बंगलादेशमा जुबैर रहमान चौधरीले देशका २६ औँ प्रधानन्यायाधीशको रूपमा शपथ ग्रहण गरेका छन् ।
बंगलादेशको सरकारी समाचार एजेन्सीका अनुसार आइतबार बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले उनलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।
यसअघि, डिसेम्बर २३ मा बंगलादेशको कानुन मन्त्रालयले राष्ट्रपति आदेशमार्फत सूचना जारी गर्दै संविधानको धारा ९५ (१) अन्तर्गत जुबैर रहमान चौधरीलाई प्रधान न्यायाधीश नियुक्त गरिएको जनाएको थियो।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण