भोजपुर बजारमा पानीको सङ्कट अन्त्य
भोजपुर । भोजपुर सदरमुकाम क्षेत्रमा सिलिचुङ खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीय नागरिकको दीर्घकालीन रुपमा रहेको पानीको समस्या समाधान भएको छ । आयोजनामार्फत भोजपुर बजार क्षेत्रसहित छ वटा वडाका दुई हजार ६५० घरधुरीमा ‘एक घर एक धारा’ जडान गरिएको सिलिचुङ खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिले जनाएको छ ।
समितिका कार्यालय प्रमुख कृष्णसागर तामाङका अनुसार आयोजना सञ्चालनपछि बजार तथा आसपासका वडामा देखिँदै आएको चरम खानेपानी समस्या हटेको छ ।
भुल्के मुहान, डढुवा मुहान, जोरसाघु मुहान, तीनधारे मुहान र तीन भङगाले गरी पाँच वटा मुहानबाट पानी सङ्कलन गरी स्थानीय नागरिकको घरघरमा वितरण गरिएको समितिका अध्यक्ष तुफान किरातले जानकारी दिए । स्थानीयलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले आयोजनाअन्तर्गत दुई वटा पानी प्रशोधन केन्द्रसमेत सञ्चालनमा ल्याइएको छ ।
“स्थानीय नागरिकलाई सहजरूपमा खानेपानीको व्यवस्था गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ,” अध्यक्ष किरातले भने, “आयोजना सञ्चालनमा आएपछि बजार क्षेत्रसँगै आसपासका वडाका नागरिकको पानीको समस्या हटेको छ ।”
आयोजनामार्फत पानी वितरणका लागि १० हजार ९५ लिटर क्षमताका ११ वटा ट्याङ्की निर्माण गरी पानी वितरण भइरहेको छ । यस आयोजनाबाट भोजपुर नगरपालिका–५, ६, ७, ८, ९ र १२ का नागरिकले खानेपानी उपभोग गर्दै आएका छन् ।
विगतमा गम्भीर पानी अभाव झेल्दै आएका स्थानीयले नागरिक सहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत करिब रु ५० करोडको लागतमा विसं २०७८ चैतमा योजना सम्पन्न भएपछि सहजता पाएका हुन् । स्थानीय नागरिकले आयोजना सञ्चालनसँगै दैनिक जीवन सहज बनेको प्रतिक्रिया दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण