शिक्षा नै समाज रूपान्तरणको मुख्य आधार : सभामुख यादव
सारांश
- मधेस प्रदेश सभाका सभामुख रामआशिष यादवले शिक्षा समाज रूपान्तरणको आधार भएको बताए ।
- सभामुख यादवले मोनास्टिक विद्यालयको प्रशंसा गर्दै गुणस्तरीय शिक्षाको महत्वबारे चर्चा गरे ।
- विद्यालयको वार्षिकोत्सवमा नैतिकता, सीप र समावेशी शिक्षालाई जोड दिइएको थियो ।
धनुषा । मधेस प्रदेश सभाका सभामुख रामआशिष यादवले शिक्षालाई समाज रूपान्तरणको प्रमुख आधारका रूपमा चित्रण गरेका छन् । जनकपुरधामस्थित मोनास्टिक विद्यालय तथा कलेजको ४०औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले गुणस्तरीय शिक्षाले नै समाजमा परिवर्तन ल्याउने बताएका हुन् ।
सभामुख यादवले मोनास्टिक विद्यालयले विगत चार दशकदेखि दक्ष, अनुशासित र जिम्मेवार नागरिक उत्पादनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्रशंसा समेत गरे । कार्यक्रममा बोल्दै सभामुख यादवले शिक्षा क्षेत्रमा समयसापेक्ष प्रविधि, नैतिकता र व्यावहारिक ज्ञानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले विद्यार्थीलाई अनुशासन, परिश्रम र सकारात्मक सोचका साथ आफ्नो अध्ययनमा एकाग्र हुन आग्रह गरे ।
विद्यालयकी संस्थापक अध्यक्ष विणादेवी साहले विद्यालयको इतिहास र उपलब्धिबारे चर्चा गर्दै समाजलाई शिक्षित र सक्षम नागरिक दिनु नै आफूहरूको मुख्य उद्देश्य रहेको बताइन् । उनले विद्यालयले शैक्षिक उत्कृष्टतासँगै संस्कार र समावेशी शिक्षालाई सदैव प्राथमिकतामा राख्दै आएको जानकारी दिइन् ।
वार्षिकोत्सव समारोहमा विद्यालयका संस्थापक डा. सोनु साहले शिक्षा किताबी ज्ञानमा मात्र सीमित नभई नैतिकता र सीपसँग जोडिनुपर्ने धारणा राखे । कार्यक्रममा शिखा नायक लगायतले पनि आ-आफ्नो धारणा राखेका थिए । सो अवसरमा विद्यार्थीले विभिन्न सांस्कृतिक नृत्य, गीत र प्रतिभा प्रदर्शन गरेका थिए । ४०औँ वार्षिकोत्सवका अवसरमा विद्यालयले विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलाप समेत आयोजना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण