कुन कानुनका आधारमा स्थान हद गरिएको हो अहिलेसम्म जानकारी पाएको छैन : लेखक
सारांश
- निवर्तमान गृहमन्त्री रमेश लेखकले छानबिन आयोगले लगाएको स्थान हदबारे औपचारिक जानकारी नपाएको बताए।
- उनले आफूलाई कुन कानुनअनुसार, कुन प्रयोजनका लागि र कति समय स्थानहद गरिएको हो भन्ने जानकारी नभएको बताए।
- लेखकले आफू कानुन मान्ने नागरिक र प्रश्न उठेपछि जवाफ दिने पार्टीको कार्यकर्ता भएको उल्लेख गरे।
काठमाडौँ । निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आनदोलनमा भएका घटनाबारे छानबिन गर्न बनेको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकारी नपाएको बताएका छन् ।
सोमबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै लेखकले आफूमाथि कुन कानुनअनुसार कुन प्रयोजनका लागि र कति समय स्थानहद गरिएको हो भन्नेबारे अहिलेसम्म जानकारी नपाएको बताए ।
‘संविधान, कानुनबमोजिम के कारणले कुन प्रयोजनका लागि कति समय स्थानहद गरिएको हो,’ लेखकले भने, ‘त्यो मैले जानकारी पाउनु पर्ने हो । तर अहिलेसम्म जानकारी पाएको छैन ।’
आफू कानुन मान्ने नागरिक र आफूमाथि प्रश्न उठेपछि जवाफ दिने पार्टीको कार्यकर्ता भएको बताए । ‘मेरामाथि प्रश्न उठ्यो भने जवाफ दिनुपर्छ भन्ने पार्टीको कार्यकर्ता हो,’ लेखकले भने । लेखक सोमबार नै आयोगमा बयानका लागि उपस्थित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण