सरकारले विगतमा मधेसीलाई ठगे जस्तै जेनजीहरूलाई पनि झुक्क्याउने प्रयास गरिरहेको छ : उपेन्द्र यादव
सारांश
- उपेन्द्र यादवले कांग्रेस र कम्युनिस्टको गलत नीतिका कारण देश संकटमा परेको आरोप लगाए।
- उनले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्र ध्वस्त भएको र भ्रष्टाचार बढेको बताए, जसले गर्दा युवाहरू विद्रोहमा उत्रिए।
- यादवले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको माग गर्दै मधेसीलाई विभेद गरिएको आरोप लगाए।
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विगत ३५ वर्षदेखि सत्तामा रहेका कांग्रेस र कम्युनिस्ट दलहरूको गलत नीतिका कारण मुलुक गम्भीर आर्थिक र सामाजिक संकटमा फसेको बताएका छन्। जसपा नेपाल मधेस प्रदेश समितिले जनकपुरधाममा आयोजना गरेको विशाल जनप्रदर्शन तथा विरोध सभालाई सम्बोधन गर्दै यादवले उदारीकरण र निजीकरणका नाममा १३५ वटा कलकारखाना बन्द गराएर देशलाई ऋणको बोझमा पारिएको आरोप लगाए।
यादवले सत्तारुढ दलहरूकै कारण शिक्षा, स्वास्थ्य र कृषि क्षेत्र ध्वस्त भएको र भ्रष्टाचारले चरम सीमा नाघेको टिप्पणी गरे। मुलुकमा व्याप्त यही निराशाका कारण ‘जेनजी’ युवाहरू विद्रोहमा उत्रनु परेको उनको भनाइ थियो। ‘सिंहदरबार र ऐतिहासिक संरचनामा क्षति पुग्नु, नेताहरूको घर जलाइनु र सुरक्षाकर्मीको आडमा भाग्नुपर्ने अवस्था आउनु सत्ताको असफलता हो,’ यादवले भने, ‘सरकारले विगतमा मधेसीलाई ठगे जस्तै अहिले जेनजी युवाहरूलाई पनि झुक्क्याउने प्रयास गरिरहेको छ।’
संविधान संशोधन र प्रदेशहरूको पुनर्संरचनामा जोड दिँदै यादवले मधेस ८ जिल्ला मात्र नभई २२ जिल्लाको भूगोल भएको स्मरण गराए। उनले हालको संसदीय व्यवस्था असफल भइसकेको दाबी गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको माग गरे। महँगो निर्वाचन प्रणालीका कारण सामान्य नागरिक र उत्पीडित समुदायले चुनाव लड्न नसक्ने अवस्था आएकाले आरक्षित निर्वाचन क्षेत्रको व्यवस्था गर्नुपर्ने उनको माग छ।
अध्यक्ष यादवले हालको निर्वाचन क्षेत्र संरचनाले ६० प्रतिशत जनसङ्ख्या भएका मधेसीलाई १० प्रतिशतमा सीमित गरेर विभेद गरेको आरोप समेत लगाए। संघीयता, सुशासन र सामाजिक न्यायका लागि जसपा नेपालले आयोजना गरेको उक्त विरोध सभामा मधेसका विभिन्न जिल्लाबाट हजारौँ नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। जनकपुरधामको तिरहुतिया गाछीमा भएको सभामा सहभागीहरूले सरकार विरुद्ध चर्को नाराबाजी गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण