नेपालको राष्ट्रिय पर्यावरणीय कृषि मार्गचित्र तयार
काठमाडाैँ । नेपालको राष्ट्रिय पर्यावरणीय कृषि मार्गचित्र तयार भएको छ । सोमबार कृषिमन्त्री डा. मदनप्रसाद परियारलाई मार्गचित्र बुझाउँदै यसबारे जानकारी गराइएको हो ।
कृषि क्षेत्र नेपालीहरुको जीवनशैली, संस्कृति र साच पोषण सुरक्षाको प्रमुख आधार रहेको र बहुसङ्ख्यक साना तथा सीमान्तकृत समुदायको जीविकोपार्जनको मुख्य हिस्सा ओगटेको यस क्षेत्रले पछिल्लो समयमा चुनौतीहरुको सामना गरिरहेको बताइएको छ ।
जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहलका कार्यकारी निर्देशक भरत भण्डारीले जलवायु परिवर्तन, जैविक विविधताको ह्रास, रसायन, विषादी र प्लास्टिकको अत्यधिक प्रयोग, उत्पादन श्रोत तथा सामग्रीमा बढ्दो परनिर्भरता, खेतीपातीबाट युवा पलायन र महिलाकरण जस्ता चुनौतीहरुसंग नेपालको समग्र कृषि क्षेत्र जुधिरहेको बताए ।
नसर्ने दीर्घ रोगको बढ्दो प्रकोप बढ्दो शहरीकरण, जमिनको खण्डिकरण, खेतीयोग्य जमिनको बढ्दो गैरकृषि उपयोग र मिचाहा प्रजातिको फैलावटले कृषि भूमि तथा प्राकृतिक श्रोतको तिब्र क्षयिकरण भइरहेको बताए ।
जसले सामाजिक तथा आर्थिक चुनौतिलाई बढाउँदै गइरहेको बताए । यस्ता बहुआयामिक समस्याको दीर्घकालीन, नेपालको भौगोलिक, सामाजिक, आर्थिक परिवेश सुहाउँदो विज्ञानसम्मत समाधानको मार्गका रूपमा पर्यावरणीय कृषिलाई अघि सारिएको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदनप्रसाद परियारले मार्गचित्र तयार पार्न विभिन्न स्थलमा गएर अन्तरक्रियाहरु गर्नुले डकुमेण्ट उत्कृष्ट रहेको बताए ।
उनले नेपाल कृषिप्रदान देश भएकाले कृषि मार्गचित्र तयार हुनु महत्वपूर्ण भएको बताए । युवाहरुलाई कृषि क्षेत्रसँग जोडेर अघि बढाउनुपर्ने उनको जोड छ ।
जलवायु परिवर्तनका कारण कृषिक्षेत्रमा ठूलो हानी भइरहेको जिकिर गरे । यस मार्गचित्रको दूरदृष्टि समतामूलक, उत्थानशील र दिगो खाथ प्रणालीका लागि पर्यावरणीय कृषि रहेको छ ।
नेपालको संविधानको मूल मर्म तथा विश्वव्यापी रूपमा मान्यता प्राप्त पर्यावरणीय कृषिका सिद्धान्तलाई आधार मान्दै मार्गचित्रमा खाद्य सम्प्रभुता तथा समावेशी सुशासन, सहकार्य, दिगोपन र समष्टिगत दृष्टिकोण, मानव संस्कृति र प्रतिमा केन्दित दृष्टि, एक स्वास्थ्य दृष्टिकोण वान हेल्थ अप्रोचः उत्थानशीलता र चक्रियतालाई मार्गनिर्देशक सिद्धान्तका रूपमा अघि सारिएको छ ।
तीनै तहका सरकारको नेतृत्वदायी भुमिका र सरोकारवालाहरू किसान संघसंगठनहरु, नागरीक समाज, गैरसरकारी संघसस्था, विकास साझेदारहरु लगायतको सक्रिय सहभागिता र सहयोगमा पर्यावरणीय कृषिको यस मार्गचित्रले नेपालको आत्मनिर्भर उन्मुख कृषि, खाद्य सम्प्रभुता, स्वचालित पारिस्थितिक प्रणालीको विकास र समुन्नत जीविकोपार्जन सहितको कृषि र खाद्य प्रणालीको दिगो विकास र रूपान्तरण गर्ने विश्वास लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण