मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरी : अध्यक्ष यादव

सोमबार, १४ पुस २०८२, २० : २०
सोमबार, १४ पुस २०८२

जनकपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान शासकीय प्रणाली सुधारका साथै महँगो निर्वाचन प्रणालीमा सुधार गर्न संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।

साेमबार जनकपुरधाममा पार्टीको मधेस प्रदेश समितिले आयोजना गरेको जनप्रदर्शन तथा विरोधसभामा बोल्दै उनले वर्तमान अवस्थामा प्रदेशलाई अधिकार सम्पन्न बनाउन प्रदेश अन्तर्गत प्रहरी र प्रशासन हुन जरुरी रहेको बताए ।

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको चुनावका लागि पार्टीले तयारी सुरु गरेको बताउँदै उनले लोकतन्त्रमा कुनै पनि लोकतान्त्रिक पार्टी चुनावबाट पछाडि जान नमिल्ने उल्लेख गरे ।

उनले जेनजी पुस्ताले उठाएको कुशासनको अन्त्य तथा सुशासनको स्थापनाका लागि अहिले निर्वाचन तथा शासकीय प्रणालीबाट कठिन हुने बताउँदै मुलुकमा स्थिरता तथा सुशासनका लागि कार्यकारी राष्ट्रपतिको चुनावका लागि शासकीय प्रणालीमा सुधारका लागि संविधान संशोधन जरुरी रहेको बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप