शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु

सोमबार, १४ पुस २०८२, २० : २७
सोमबार, १४ पुस २०८२

पर्वत । पर्वतमा गण्डकी प्रदेशअन्तर्गतका अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ ।

सदरमुकाम कुश्माबजारमा जारी आठौँ पर्वत महोत्सवको अवसरमा रु दुई लाख २२ हजार २२२ राशिको भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको पहिलो खेलअन्तर्गत कुश्मा नगरपालिका र बागलुङ नगरपालिकाबीचको खेल सम्पन्न भएको छ ।

सो खेलमा कुश्मा नगरपालिकाले बागलुङ नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गरेर दोस्रो चरणमा प्रवेश गरेका छ । अन्य खेलहरु भोलिदेखि सञ्चालन हुने भएका छन् ।

बेस्ट अफ फाइप लिगकम नकआउट चरणमा खेलाइने उक्त खेलमा प्रथम हुनेलाई रु दुई लाख २२ हजार २२२ नगद पुरस्कार, शिल्ड मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई रु एक लाख ११ हजार १११, तृतीय हुनेलाई नगद रु ५५ हजार ५५५, शिल्ड मेडल र प्रमाणपत्र तथा सान्त्वना टिमलाई पनि रु २२ हजार २२२ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

साथै उत्कृष्ट विधाहरुलाई पनि पुरस्कार प्रदान गरिने महोत्सवका खेलकुद संयोजक प्रदीप तिमिल्सिनाले जानकारी दिए । गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कुश्मामा आयोजित आठौँ पर्वत महोत्सव गत बुधबारदेखि सुरु भएको हो ।

महोत्सव यही पुस १९ गतेसम्म सञ्चालन हुने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप