बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शीतलहरले दाउन्नेमा सवारी सञ्चालनमा समस्या, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

मङ्गलबार, १५ पुस २०८२, १६ : ४५
मङ्गलबार, १५ पुस २०८२

काठमाडौँ । नारायणघाट–बुटवल सडक आयोजना (पश्चिम खण्ड) ले दाउन्ने सडक खण्डमा यात्रा गर्ने यात्रु तथा चालकहरूलाई सावधानी अपनाउन र वैकल्पिक सडक प्रयोग गर्न विशेष आग्रह गरेको छ ।

आयोजना कार्यालयका अनुसार हाल दाउन्ने खण्डमा ‘रिजिड पेभमेन्ट’ तथा कल्भर्ट निर्माणको कार्य जारी रहेको छ । निर्माण कार्यका कारण केही स्थानमा सडक एकतर्फी मात्र सञ्चालन भइरहेको अवस्थामा लगातार तीन दिनदेखि परेको भारी शीतलहरले समस्या थप जटिल बनाएको छ ।

शीतलहरका कारण सडकको सतह अत्यन्तै चिप्लो भएको र साना तथा ठुला सवारी साधनहरू चिप्लने, बीच बाटोमै अड्किने र बिग्रने क्रम बढेको छ । यसले गर्दा उक्त खण्डमा सवारी आवागमनमा गम्भीर अवरोध उत्पन्न भई यात्रा कष्टकर बनेको आयोजनाले जनाएको छ ।

आवश्यक मर्मत–सम्भार कार्य भइरहेकाले आयोजनाले अति आवश्यक बाहेकका अन्य सवारी साधनहरूलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । 

साथै, सडकमा सवारी चलाउँदा आफ्नो लेनमा बस्न र ट्राफिक नियमको पूर्ण पालना गर्न चालकहरूलाई निर्देशन दिइएको छ ।

1-दाउन्ने सडक खण्डमा सवारी आवागमनमा कठिनाइ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप