नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छ : कृषिमन्त्री
काठमाडाैँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदनप्रसाद परियारले नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना रहेको बताएका छन् ।
प्रथम च्याउ दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले उपभोक्तामा च्याउको माग निरन्तर वृद्धि हुँदै गएकोले च्याउ खेतीको सम्भावना रहेको बताएका हुन् ।
न्युन आयस्रोत भएका किसानका लागि च्याउ खेती जीविकोपार्जनको उपयुक्त माध्यम भएको उनले बताए । आधुनिक उच्च प्रविधि प्रयोग गरी औद्योगिक रूपमा व्यवसायिक च्याउ उत्पादन गर्नसके यसले रोजगारी सिर्जना समेत गर्नसक्ने उनको भनाई छ ।
उनकाअनुसार हाल नेपालमा वार्षिक १५ हजार मेट्रिक टनभन्दा बढी ताजा च्याउ उत्पादन हुने गरेको छ । तर च्याउको माग भने करिब ७२ हजार मेट्रिक टन रहेको उनले बताए । च्याउ ७१ भन्दा बढी जिल्लामा उत्पादन भएपनि ४७ जिल्लामा मात्रै व्यवसायिक रूपमा उत्पादन भइरहेको उनले जानकारी दिए।
आर्थिक वर्ष २०८१/८२ मा ताजा वा चिस्यान गरिएको गोव्रे च्याउ ६ लाख ७१ हजार रुपैयाँ बराबरको २ हजार २ सय ६२ केजी आयात भएको उनले जानकारी दिए ।
उनकाअनुसार १ करोड १ लाख रुपैयाँ बराबरको १७ हजार १ सय ९८ केजी च्याउ निर्यात भएको छ । पछिल्लो समय अन्य प्रजातिका च्याउ पनि निर्यात हुन थालेको उनले बताए ।
उनले च्याउमा मानव शरीरलाई आवश्यक १२ प्रकारका एमिनो एसिडमध्ये ९ प्रकारका एमिनो एसिड पाईने बताए । प्रोटिन, कार्बोहाइड्रेट, चिल्लो पदार्थ र भिटामिनजस्ता पौष्टिक तत्व पनि च्याउमा पाइने उनको भनाइ छ ।
तर नेपालमा च्याउ खेती अझै विस्तार गर्न नसकिएको उनले बताए । रैथाने च्याउ तथा नयाँ प्रजातिको अध्ययन–अनुसन्धान, खेती प्रविधि विकास र दक्ष जनशक्तिको उपलब्धता नेपालमा पर्याप्त हुन नसकेको उनको भनाइ छ ।
हाल नेपालमा गोव्रे, खन्ने, पराले, सिताके, वेस्टन, रातो, दुधे च्याउलगायत विभिन्न जातका च्याउ व्यवसायिक रूपमा उत्पादन हुँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण