शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नोभेम्बरमा भारतको औद्योगिक उत्पादन ६.७ प्रतिशतले बढ्यो

बुधबार, १६ पुस २०८२, ०९ : ५६
बुधबार, १६ पुस २०८२

भारत ।  भारतको औद्योगिक उत्पादन सूचकांकले नोभेम्बर महिनामा ६.७ प्रतिशतको वृद्धि हासिल गरेको छ ।

संघीय तथ्याङ्क र कार्यक्रम कार्यान्वयन मन्त्रालयद्वारा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार अक्टोबर महिनामा ०.४ प्रतिशत रहेको वृद्धिदर नोभेम्बरमा उल्लेख्य रूपमा बढेको हो ।

मन्त्रालयकाअनुसार औद्योगिक उत्पादनमा आएको यो उछाल मुख्यतया उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्रमा भएको ८ प्रतिशतको वृद्धिका कारण सम्भव भएको हो । तथ्याङ्कअनुसार तीन मुख्य क्षेत्रहरूमध्ये खानी क्षेत्रमा ५.४ प्रतिशत र उत्पादन क्षेत्रमा ८ प्रतिशतको वृद्धि देखिएको छ भने विद्युत क्षेत्रमा १.५ प्रतिशतको गिरावट दर्ता भएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप