आईसीसी टी-२० विश्वकप २०२६ : नेपालमा हुने 'ट्रफी टुर'को मिति सार्वजनिक
बुधबार, १६ पुस २०८२, ११ : १९
सारांश
- नेपाल क्रिकेट संघले २०२६ को टी-२० विश्वकपको ट्रफी टुर नेपालमा हुने जानकारी गराएको छ।
- विश्वकपको ट्रफी २०२६ को जनवरी ५ देखि ७ तारिखसम्म नेपालमा रहनेछ।
- भारत र श्रीलंकामा हुने टी-२० विश्वकपको पूर्वसन्ध्यामा ट्रफी नेपाल ल्याइने भएको हो।
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ मा आयोजना हुने आइसीसी पुरुष टी-२० विश्वकपको 'ट्रफी टुर' नेपालमा हुने जानकारी दिएको छ। क्यानले आज एक प्रेस विज्ञप्ति जारी गर्दै विश्वकपको ट्रफी नेपाल ल्याइने मिति सार्वजनिक गरेको हो।
क्यानका प्रवक्ता छुम्बी लामाद्वारा जारी विज्ञप्ति अनुसार सन् २०२६ को जनवरी ५ देखि ७ तारिखसम्म विश्वकपको ट्रफी नेपालमा रहनेछ।
सन् २०२६ को फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुन लागेको टी-२० विश्वकपको पूर्वसन्ध्यामा ट्रफी टुर कार्यक्रम अन्तर्गत ट्रफीलाई नेपाल ल्याउन लागिएको हो।
विश्वकप ट्रफी नेपालमा रहँदा गरिने कार्यक्रमहरूको पूर्ण विवरण, तालिका, स्थान र गतिविधिहरूबारे भने क्यानले अर्को प्रेस विज्ञप्तिमार्फत जानकारी गराउने जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण