विद्यार्थीलाई ३० रुपैयाँमा खाना
सारांश
- कास्कीको रत्नशोभा माविले विद्यार्थीलाई ३० रुपैयाँमा पोसिलो खाना खुवाउँदै आएको छ।
- विद्यालयले कक्षा ८, ९ र १० का विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गरेको छ, जसले टाढाबाट आउने विद्यार्थीलाई सहयोग पुग्छ।
- विद्यालयका पूर्वविद्यार्थी र भारतीय दूतावासको सहयोगमा शैक्षिक गुणस्तर सुधार गर्ने लक्ष्य राखिएको छ।
पोखरा । महँगीको वर्तमान समयमा कास्कीको माझठानास्थित रत्नशोभा माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीलाई मात्र ३० रुपैयाँमा एक छाक पोसिलो खाना खुवाउँदै आएको छ। पोखरा महानगरपालिका–२८ मा रहेको यो विद्यालयले शैक्षिक गुणस्तर सुधार्ने लक्ष्यका साथ कक्षा ८, ९ र १० का विद्यार्थीका लागि यस्तो सुविधा मिलाएको हो।
विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउन विद्यालयले बिहान ७:३० बजेदेखि नै कक्षा सञ्चालन गर्दै आएको छ। टाढाबाट आउने विद्यार्थीहरूलाई पढाइमा सहज होस् र अभिभावकलाई पनि आर्थिक भार कम परोस् भनेर 'दिवा छात्रावास' को अवधारणाअनुसार गत भदौदेखि खानाको व्यवस्था सुरु गरिएको प्रधानाध्यापक किरणबाबु न्यौपानेले जानकारी दिए।
यति न्यून शुल्कमा खाना खुवाउने कार्य विद्यालयका पूर्वविद्यार्थीहरूको सहयोगका कारण सम्भव भएको हो। पूर्वविद्यार्थीहरूले विद्यालयलाई दाल, चामल, तरकारीका साथै नगद सहयोग उपलब्ध गराउँदै आएका छन्। यस विद्यालयमा भगवतीटार, नौरुङ, राम्चे र ओख्ले जस्ता विकट ठाउँबाट झण्डै डेढ घण्टा हिँडेर विद्यार्थीहरू पढ्न आउने गर्छन्।
हालसम्म विद्यालयको आफ्नै बस नहुँदा टाढाका विद्यार्थीलाई समस्या परिरहेको छ। बस सुविधाका लागि भारतीय दूतावासमा प्रस्ताव पठाइएको र यसै आर्थिक वर्षभित्र बस प्राप्त हुने अपेक्षा गरिएको प्रधानाध्यापक न्यौपानेले बताए। वि.सं. २०१६ मा स्थापना भएको यस विद्यालयले कक्षा ९ देखि १२ सम्म कम्प्युटर विज्ञान विषयको समेत पठनपाठन गराउँदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
-
मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
-
बागमती सरकारबाट बाहिरिन किन भाखा सार्दै छ एमाले ?
-
शिक्षा, स्वास्थ्य लगायतमा लगाइएको कर फिर्ता नलिए आन्दाेलन गर्ने चेतावनी
-
नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण