जाजरकोटमा गोली लागेर एकको मृत्यु, भरुवा बन्दुकसहित ५ जना पक्राउ
सुर्खेत । जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पक्राउ पर्नेमा बारेकोट गाउँपालिका–८ का ४५ वर्षीय इन्द्र बहादुर सिंह, ५४ वर्षीय मीम बहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक कार्की र १९ वर्षीय लाल बहादुर सिंह रहेका छन् ।
उनीहरूको साथबाट ३ थान भरुवा बन्दुक, २ थान फलामको चक्कु, १३५.१८ ग्राम बारुदजस्तो देखिने कालो धुलो पदार्थ (सेतो प्लास्टिकको डिब्बामा राखिएको), २१ थान भरुवा बन्दुकमा प्रयोग हुने धातुका टुक्रा र ११ थान केव (अनारदाना लेखिएको रातो प्लास्टिकको डिब्बा) बरामद भएका छन् ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधीर कुमार खड्काका अनुसार, पुस १३ गते बिहान ९ बजे बारेकोट–८ का ३६ वर्षीय प्रचण्ड देव सिंहसहित ६ जना सिकार खेल्न गएका थिए ।
तर, सोही जंगलमा भरुवा बन्दुकको गोली लागेर उनै प्रचण्ड देवको शङ्कास्पद अवस्थामा मृत्यु भएको सूचना पुस १४ गते प्रहरी कहाँ पुग्यो ।
त्यसपछि प्रहरीले उक्त घटनामा अनुसन्धान सुरु गरेको खड्काले बताए । ‘अनुसन्धानका क्रममा घटनास्थल नजिकै खाल्डो खनी लुकाई राखेको अवस्थामा अवैध भरुवा बन्दुकसहितका हातहतियार फेला परे,’ उनले भने ।
त्यहीबाट बरामद गरिएका सामान र व्यक्तिहरूलाई पक्राउ गरिएको खड्काको भनाइ छ । पक्राउ परेका व्यक्तिहरूलाई बुधबार कर्तव्य ज्यान र हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ ।
जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण