मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

विजय साह मृत्यु प्रकरण : घटना छानबिन गर्ने सहमतिपछि मृतक पक्ष शव उठाउन तयार

बिहीबार, १७ पुस २०८२, १४ : ५७
बिहीबार, १७ पुस २०८२

काठमाडौँ । सुनसरीको सीमावर्ती इलाकामा सशस्त्र प्रहरीको गोली लागेर सिटी सफारी चालक विजय साहको मृत्यु भएको घटनामा पीडित परिवार प्रशासनबिच सहमति भएको छ । 

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन गरेर घटनाबारे छानबिन गर्ने सहमति भएको सशस्त्रको नम्बर–१ बराह बाहिनीका डीआईजी कुमार न्यौपानेले रातोपाटीलाई बताए । 

समितिमा नेपाल प्रहरीका डीएसपी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत सदस्य हुनेछन् ।  ७ दिनभित्र छानबिन प्रतिवेदन पेस गर्नेबारे बिहीबार दुवै पक्षबिच सहमति भएको छ ।

गएराति १ बजेर १० मिनेटमा भारतबाट नेपालतर्फ सामान ल्याउँदै गरेका सफारी चालकमाथि सशस्त्रले गोली प्रहार गर्दा साहको मृत्यु भएको थियो । दुई वटा सफारीमा सवार समूहसँग मुठभेट भएपछि गोली चलाउनुपरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा भएको छलफलमा पीडित परिवारलाई क्षतिपूर्तिको लागी सिफारिस गर्ने र मृतककी पत्नीलाई रोजगारीको लागी सिफारिस गर्ने सहमति भएको छ । सहमति भएसँगै स्थानीयहरू मृतकको शव उठाउन तयार भएका छन् । 

छुटाउनुभयाे कि ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप